Headlines News :
Home » » केटीलाई पटक्कै मन नपर्ने केटाका १० बानीहरु !!!

केटीलाई पटक्कै मन नपर्ने केटाका १० बानीहरु !!!

Written By ADMIN on Wednesday, December 31, 2014 | 5:26 AM


केटा र केटि बिचको एक अर्काको भावनालाई बुझ्न नसक्दा सम्बन्धमा सधै नै समस्या आउने गर्दछ |बिशेषगरि युवा पुस्ताका केटा र केटीहरुबीच एक अर्कालाई बुझ्न निक्कै कठिन भैरहेको हुन्छ भने केटीहरुलाई बुझ्न केटाहरु सँधै नै असफल भएका पाइन्छन् । त्यसैले यी १० ओटा कुराले तपाइलाई आफ्ना गल्ति कमजोरीलाई बेलैमा सच्याउनको लागि धेरै महत्वपूर्ण हुन सक्छन । जसले गर्दा आफ्नो केटि साथी संग केटाहरु सजिलै घुलमिल हुन सक्दछन |
१- दुर्गन्ध:
कुनै पनि केटो नजिक पर्दा उसको शरीरबाट तीव्र गन्ध आउँछ भने त्यस्तो अवस्था केटीहरुलाई पटकक्कै मन पर्दैन । पसिना त हो नि भनेर केटीको नजिक जाने भूल नगर्दा नै राम्रो हुन्छ।
२- अस्थिर:
केही न केही चलाउने र शर्टको टाँक भए पनि खोलिरहने केटा केटीलाई मन पर्दैन । अस्थिर स्वभावका कारण केटीहरु टाढा हुन्छन् । अझ पाखुरा देखाउने केटा त केटीलाई मन नै पर्दैन । केटाहरुले केटीको आगाडी अंग प्रदर्शन नगरेकै राम्रो ।
३- कन्याउने:
कन्याउँदै केटीको नजिक जाने केटालाई केटीहरुलाई मन पराउँदैनन् । चिलाएकै छ भने पनि केटीको नजिक जाने समयमा होस् पुर्याउनुपर्छ ।
४- अश्लिलता:
खुल्लमखुल्ला अश्लिलता प्रदर्शन गर्ने केटाहरु पनि मन पर्दैन केटीहरुलाई । केटीहरुलाई अश्लिल साइट वा चलचित्र हेर्न जवर्जस्ती गर्ने बानी छ भने आजै देखि छोडिदिनुस् ।
५- संवेदनशील अंगमा नजर:
केटीहरुले केटाहरुले आफूलाई कहाँ हेरिरहेका छन् भन्ने कुरा खुव ख्याल गर्छन् । आफूले सृंगार गरेका कुरामा ध्यान दिने र आफ्नो ओंठ, बक्षस्थल, आइब्रो र पाखुरामा मात्र हेर्ने गरेको पटक्कै मन पराउँदैनन् ।
६- ब्रेकअपमा खेल्ने:
कुनै पनि केटीको सम्बन्ध भर्खरै टुटेको छ र केटाहरुले प्रेम प्रस्ताव राख्दै आउँछन् भने त्यस्ता केटा कहिल्यै पनि मन पराउँदैनन् । कुनै पनि केटीको ब्रेकअप भयो भन्दैमा तपाइँ दाउ हाल्न जानुभयो भने तपाई असफल हुनुहुन्छ नै उसले तपाई प्रति हेर्ने नजर पनि सकारात्मक नहुन सक्छ |
७- खुला ठाउँमा पिसाव:
केटीहरुले लाजै नमानी खुला ठाउँमा पिसाव गर्ने केटाको बानी पटक्कै मन पराउँदैनन् । अधिकाँश केटामा हुने यो बानी मन पर्दैन केटीलाई । केटीको साथमा भएको समयमा खुल्ला ठाउँमा पिसाव फेर्ने भुल गर्नुहुदैन |
८- चरित्रका कुरा:
केटीहरु बोल्ड हुँदै गएका छन् । आधुनिक केटीहरुलाई खाली चरित्रका कुरा गर्ने र केटीहरु केही खुल्ने वित्तिकै अनेक प्रश्न उठाउने केटाहरुसँग रिस नै उठछ् । बोल्डनेस र चरित्र फरक कुरा हुन् भन्ने मान्यता हुन्छ आधुनिक केटीको ।
९ डकार:
केटीहरुलाई आफ्नै अगाडी डकार्ने केटाहरुको बानी मन पर्दैन । बरु लसुन वा पुदिना खाएर जानुस् तर केटीहरुको अगाडी डकार कहिल्यै पनि नगर्नुस् ।
१०- घुरेर हेर्ने:
केटीहरुलाई घुरेर हेर्ने केटा मन पर्दैन । उनीहरुलाई मायालु नजर मन पर्छ । केटाहरुले घुरेर हेरे भने असहज लाग्छ ।

यी यस्ता बानी भएका पुरुष हरु महिलाको नजरमा पर्न सक्दैनन |अरुको अघिल्तिर आफुलाई जान्ने देखाउने पुरुष हरु प्रति पनि महिलाहरु त्यति आकर्षित हुदैनन |

Share this post :

Post a Comment

 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. eSanchar - All Rights Reserved
Contents Collected & Published by eSanchar
Proudly powered by Blogger