Headlines News :
Home » , » अवैध यौनधन्दाको पर्दाफास, आपत्तिजनक अवस्थामा भागे जोडी

अवैध यौनधन्दाको पर्दाफास, आपत्तिजनक अवस्थामा भागे जोडी

Written By ADMIN on Thursday, January 15, 2015 | 8:46 AM


 एजेन्सी । विहारको राजधानी पटनामा एकपटक फेरि यौनधन्दाको पर्दाफास भएको छ । प्रहरीले छापा मारेर लजका मालिक सहित २ जोडीलाई पक्राउ गरेको छ । प्रहरीले अन्य दुई महिलालाई पक्राउ गरेको छ भने एक जोडी प्रहरीलाई देखेपछि छतबाट भागेको जनाइएको छ ।

प्रहरी अनुसन्धानका क्रममा होटल मालिकले एक घण्टाका लागि आफूले ५ सयमा कोठा दिने गरेको स्वीकार गरेका छन् । प्रहरीले अनैतिक तस्करीको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो । गोप्य सूचनाका आधारमा प्रहरीले छापा मार्दा राहुल कुमार र अनुप कुमार नामका दुई युवा जोडी सहित पक्राउ परेका हुन् ।

सो क्रममा प्रहरीले होटलका लजबाट यौनसम्बन्धका क्रममा प्रयोग गर्ने आपत्तिजनक सामानहरु समेत बरामद गरेको छ । प्रहरीले छापा मारेको थाहा पाएपछि एक जोडी भने कोठाको झ्याल खोलेर छतबाट बागेको प्रहरीले जनाएको छ ।

Share this post :

Post a Comment

 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. eSanchar - All Rights Reserved
Contents Collected & Published by eSanchar
Proudly powered by Blogger