Headlines News :
Home » , , , , » थ्रिलर नेपाली फिल्म 'झिग्राना'ले रिलिज गर्‍यो ट्रेलर र सिनोप्सीस (भिडियोसहित)

थ्रिलर नेपाली फिल्म 'झिग्राना'ले रिलिज गर्‍यो ट्रेलर र सिनोप्सीस (भिडियोसहित)

Written By ADMIN on Saturday, January 10, 2015 | 6:57 AM


'झिग्राना' फागुन २२ गते रिलिज हुने भएको छ । सिनेमाले बुधबार प्रेसमिट आयोजना गर्दै ट्रेलर, पोस्टर र अडियो संगीत रिलिज गर्‍यो । पासाङ लामा निर्देशित र लिखित सिनेमामा स्वदेशी तथा विदेशी कलाकारको जमघट छ । हना जी, निकुन श्रेष्ठ, मेनुका प्रधान, ज्योति कार्की, शान्ति गिरीको अभिनय रहेको फिल्मलाई सस्पेन्स र थ्रीलर जनरामा राखिएको छ ।


गोल्डेन याक इन्टरटेनमेन्टले निर्माण गरेको सिनेमाले अनुसन्धानका लागि एक गैरसरकारी संस्थाका प्रतिनिधि रुकुमको झिग्राना गाउँमा पुगेपछि हुने अस्वभाविक घटनाको कथा पेश गर्छ । प्रेसमिटमा बोल्दै निर्देशक लामाले नेपालमा बन्ने एक्सन र रोमान्टिक फिल्मको शैलीलाई तोडेको बताए । अभिनेत्री गिरीले आफ्ना लागि झिग्राना पहिलो थ्रीलर सिनेमा रहेको बताइन् ।

रिलिज अडियो गीतमा राम्रो भिजुअल पेश गर्ने प्रतियोगिताका विजयीलाई एक लाख नगद दिइने पनि घोषणा गरियो । प्रेसमिटमा लाइभ कन्सर्ट पनि गरियो । इमान विक्रम शाहको संगीत र पाश्र्वगायन फिल्ममा छ ।


यस्तो छ सिनोप्सीस
एक गैरसरकारी संस्थाका कर्मचारीको समूहले नेपालको दुर्गम भागमा काम गर्ने क्रममा रहस्यमय घटना भोग्छन् । फिल्म सुरु हुन्छ गैसस कर्मचारी क्रिस्टिन समर्स र उनको समूहको विकट भेगको यात्राबाट । यो समूहले सहरबाहिरको जीवनको बारेमा जानकारी लिनको लागि रुकुम जिल्लाको भ्रमण गर्दै हुुन्छ । यात्राको क्रममा त्यो समूहको सदस्यहरु पथप्रदर्शकसहित झिग्राना नामको गाउमा बस्छन् ।

त्यो गाउमा एउटा कुख्यात हत्याराले आतंक मच्चाएको छ । ऊ तथाकथित भूत कालपंचमीको नाममा मानिसको बली दिन्छ । समूहका सदस्यहरुले रहस्यमय घटनाहरु देख्छन् । यही क्रममा समूहको एउटा सदस्यको रहस्यमय हत्या हुन्छ । कस्तो भयावह स्थिती र समूहका सदस्यहरु एकअर्कालाई विश्वास गर्दैनन् । तर, उनीहरुलाई मिलेर हत्यारा पत्ता लगाउनुपर्नेछ । यो यथार्थ पत्ता लगाउन पात्रहरु संघर्ष गर्छन् ।

Share this post :

Post a Comment

 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. eSanchar - All Rights Reserved
Contents Collected & Published by eSanchar
Proudly powered by Blogger