Headlines News :
Home » , , » कारले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते (भिडियो)

कारले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते (भिडियो)

Written By ADMIN on Tuesday, December 30, 2014 | 8:17 AM


भक्तपुर, पौष १५ । भक्तपुरको लोकन्थलीमा मोटरसाइकललाई कारले ठक्कर दिँदा मोटरसाइकलमा सवार महिलाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् ।


भक्तपुरबाट मंगलबार दिउँसो काठमाडौंतर्फ जाँदै गरेको बा९च ६५६४ नम्बरको कारले बा१७प १९४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भक्तपुर बोडेकी देवकी थापाको मृत्यु भएको हो । मोटरसाइकल चालक उनका श्रीमान् जीवन थापाको भने अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनापछि दोषीमाथि कडा कारबाही, उचित क्षतिपूर्ति र निष्पक्ष छानबिनको माग गर्दै पीडित परिवारले केहीबेर भक्तपुर पुरानो सडक बन्द समेत गराएका थिए ।


Share this post :

Post a Comment

 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. eSanchar - All Rights Reserved
Contents Collected & Published by eSanchar
Proudly powered by Blogger