Headlines News :
Home » , » नव विवाहित श्रीमतीलाई कोठामा थुनेर दुई भाइलाई बलात्कार गर्न लगाए

नव विवाहित श्रीमतीलाई कोठामा थुनेर दुई भाइलाई बलात्कार गर्न लगाए

Written By ADMIN on Thursday, November 13, 2014 | 4:55 AM


काठमाडौँ ।संसारमा जुन कुरा कल्पना समेत गरिदैन त्यही कुरा भइरहेको हुन्छ । सबैभन्दा विचित्र हुन्छ भारतमा । पछिल्लो समय भारतमा एउटा त्यस्तै घटना भयो जहाँ एक जना नपुंशक पुरुषले आफ्नी नव विवाहिता श्रीमतीलाई कोठामा थुनेर दुई जना भाइ पठाएर रातभर बलात्कार गर्न लगाए । यो अति अकल्पनीय यथार्थ हो भारतको मुजफ्फरपूरस्थित मंसुरपुर गाउँको । उक्त गाउँका एक युवकले आफ्नो नपुंशकता लुकाउनका लागि आफ्नै दुई जना भाइलाई नव विवाहित श्रीमती जिम्मा लगाएका हुन् । यो कुरा नोभेम्बर ७ को रातको हो ।

प्रहरीका अनुसार अक्टोबर २७ मा विवाह गरेका ती युवक नपुंशकले आफ्नो नपुंशकता लुकाउन यस्तो अपराध गरेको बताएको छ । उक्त युवले आफ्नो नपुंशकताको बारेमा आफ्नी श्रीमतीलाई थाहा भएको बुझेर श्रीमतीलाई कोठामा थुनेर बलात्कार गर्न लगाएको सार्वजनिक भएको हो । ति युवकले आफ्नो सानो भाइ र मामाको छोरा भाइलाई कोठाभित्र पठाएर आफ्नी श्रीमतीलाई रातभर बलात्कार गर्न लगाएका थिए र चिच्याएमा ज्यान लिने धम्की दिएका थिए । रातभर नवविवाहित श्रीमतीलाई आफ्नै श्रीमानले दुई भाइ लगाएर बलात्कार गराएको कुरा छिमेकी महिलासामु उक्त युवतीले पुर्याएपछि प्रहरीले ती नपुंशक युवकमाथि अनुसन्धान सुरु गरेको समाचारमा उल्लेख छ । अनुसन्धानको क्रम पुरा नभएकाले पीडित र पीडक दुवैको नाम सार्वजनिक गर्न नमिल्ने भारतीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्ययमले खबरमा उल्लेख गरेका छन् ।   

Share this post :

Post a Comment

 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. eSanchar - All Rights Reserved
Contents Collected & Published by eSanchar
Proudly powered by Blogger