Headlines News :
Home » , , » प्रहरीको नयाँ पोसाकः सेक्युरिटी गार्ड भनेर झुकिन्छन् सर्वसाधारण

प्रहरीको नयाँ पोसाकः सेक्युरिटी गार्ड भनेर झुकिन्छन् सर्वसाधारण

Written By ADMIN on Monday, November 3, 2014 | 7:39 PM


काठमाडौं, कार्तिक १७ – ओशोको दर्शन छ, ‘भित्रबाट परिवर्तन  हौं सोच र विचार बदल यहि नै उन्नति समृद्धि र मोक्षको मार्ग हो ।’ तर नेपाल प्रहरीले प्रवृति बदल्नमा ध्यान दिनुभन्दा पनि पोसाक बदलेको छ । उसको पोसाकको रंग गाढा निलो छ, झण्डै कालो नै देखिन्छ । कालो रंग न्याय सत्य र उज्यालोको प्रतिक नभएको मानिदै आएको छ । हिन्दी चलचित्रमा पटक पटक हामीले देखेका छौं नेपाल प्रहरीले अहिले प्रयोग गर्दै आएको पोसाकमा खलनायकहरु अपहरण गर्न जान्छन्, चोरी गर्न जान्छन् । नायकको भूमिकामा रहनु पर्ने प्रहरीले खलनायकको पोसाकमा सर्वसाधरणको सुरक्षामा खटिएको देख्दा आम सर्वसाधरणले प्रहरी हुन वा अन्य निक्र्यौल गर्न सकेका छैनन् ।

सर्वसाधरण मात्रै होइन हाल नेपाल प्रहरीले प्रयोग गर्दै आएको कालोमा हल्का निलो रंगको पोसाक प्रहरी आफैलाई पोलीसीङ गर्न समेत असहज भएको बताउन थालेका छन् । ‘यो ड्ेरसले हामीलाई पोलीसीङ गर्न असहज भएको छ ।’ उनले भने ‘बरु हजुरहरुले सक्नु हुन्छ भने हाम्रो भनाई २ रुपैया पर्ने पत्रिकामा भएपनि समाचार छाप्दिनुस् केही हुन्छ की ।’ 


प्रहरी निरिक्षक रहेका उनले हाल आफूले लगाउदै आएको पोसाक पहिलेको पोसाक भन्दा कमसल रहेको बताए । ‘अहिलै भुवा उडीसकेको छ ।’ उनले भने हामीलाई सर्वसाधरणले हेर्ने दृष्टिकोणमा समेत व्यापक फरक आएको पाएको छु, जुन पहिला सम्मान थियो त्यो समेत छैन ।’

प्रहरीका एक सिनियर अधिकारीले त संविधान सभाको निर्वाचनमा म्यादी प्रहरीलाई दिएको पोसाक आफूहरुलाई दिएको भन्दै आक्रोस समेत पोखे । ‘म्यादी प्रहरीले पनि संविधान सभाको निर्वाचनमा त्यहि लगायो ।’ उनले भने ‘अहिले सर्वसाधरणले हामीलाई कुनै कम्पनिको सेक्युरीटी गार्ड चस्माले हेरिरहेको छ ।’ उनले राज्यको जिम्मेवार अंगको जनविश्वास समेत हालको पोसाकले घटेको भन्दै विरोध समेत गरेका छन् । त्यसो त सुरक्षामा खटिने सामान्य प्रहरी कर्मचारीले मात्रै सो पोसाकमा सुरक्षामा खटिएको देखिन्छ । तर उच्च तहका प्रहरी अधिकारीले भने सो पोसाक लगाएको देखिएको छैन । यसबाट उच्च अधिकारीलाई समेत चित्त नबुझेको भान हुन्छ । ति अधिकारीले भने ।

सर्वसाधरणलाई प्रहरीको पोसाक चित्त बुझेको छैन । त्यसको उदाहरण हालैको एक घटना पनि हो । बसन्तपूरका गणपति श्रेष्ठले हालैको ताजा घटना यसरी सुनाए ।

बसन्तपुरको मन्दिर नजिकैको चिया पसलमा दुई युवाहरु विचमा विवाद बढेपछि प्रहरी विवाद सुल्झाउन पुगेछ । प्रहिरी २ जना थिए । उनीहरु निलोमा कालो मिसीएको पोसाकमा थिए । विवाद सुल्झेन झनै बढ्यो । ती युवाहरुले प्रहरीको पोसाक परिवर्तन बारे थाहा रहेनछ । उनीहरुले ति प्रहरीलाई कुनै कम्पनिको सेक्युरीटी गार्ड भन्दै दुव्र्यावहार गरेछन् ।

श्रेष्ठलाई प्रहरीले लगाएको पोसाकले चित्त दुखाएको रहेछ । ‘मलाई अहिलेको पोसाक लगाएको प्रहरी र एरिया सुरक्षाको लागि राखिएको गार्डमा कुनै फरक जस्तो लाग्दैन ।’ उनले भने ‘पोसाकले गर्दा मेरो प्रहरी प्रतिको धारणा समेत परिवर्तन भइसकेको छ ।’ उनले जनताको सेवाको लागि खटिने प्रहरीलाई यो पहिरनले फीट नगरेको गुनासो गरे ।

त्यस्तै घटना एक प्रहरी कर्मचारीले सुनाए, उनी एक दिन बाटोमा चेकीङ गर्दै गर्दा एक जनाले उनलाई यो काम तपाईको होइन प्रहरीको हो भन्दै हकारे छन् । सेक्युरीटी गार्ड भन्दै उनलाई सर्वसाधरणले धकेलेको उनको गुनासो थियो ।


प्रहरी प्रवक्ता नायब महानिरिक्षक माधव जोशी विश्वव्यापी मान्यता अनुसार नै पोसाक परिवर्तन गरिएको बताउछन् । ‘या कसैलाई चित्त नबुझ्ने भन्दा पनि २०६९ सालको निर्णय अनुसार नै आएको हो ।’ उनले भने ‘परिवर्तन हुने वित्तिकै एडजस्ट हुन गाह्रो हुन्छ, विस्तारै बानी हुने कुरा हो ।’ उनका अनुसार काठमाडौंमा मात्रै नेपाल प्रहरीले सो पोसाक लागु गरेको छ । प्रहरी जनमैत्री पोसाक नभएको भन्दै प्रहरी दिवसको अवसरमा त्यसलाई परिवर्तन गरेको थियो ।


Share this post :

Post a Comment

 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. eSanchar - All Rights Reserved
Contents Collected & Published by eSanchar
Proudly powered by Blogger