Headlines News :
Home » , » बस ठोक्काउने ड्राइभर जेलमा, मालिकको नाम पनि पत्ता लागेन

बस ठोक्काउने ड्राइभर जेलमा, मालिकको नाम पनि पत्ता लागेन

Written By ADMIN on Tuesday, November 4, 2014 | 7:25 AM


हेटौंडा: बसामाडीको बस्तीपुरमा शनिबार राति १० जनाको ज्यान जाने गरी बस ठोक्काउने शुभश्री यातायातका बस चालक राकेशसिंह तामाङलाई सवारी ज्यान मुद्दा लगाएर हिराशतमा राखिए पनि बस संचालकको नाम ठेगाना भने अहिलेसम्म पत्ता लागेको छैन। 


बस ठोक्किएपछि ड्राइभर, मालिक र सहचालक भागेका थिए। हेटौडास्थित घरमा गएर लुकेका ड्राइभरलाई प्रहरीले पक्राउ गरेर अदालतमा पेस गरे पनि मालिकको बारेमा अहिलेसम्म प्रहरीले अहिलेसम्म केही पत्ता लगाएको छैन। ना४ख ५४४८ नम्बरको शुभश्री यातायातको बसको सवारीधनी दर्तापत्र ( ब्लु बुक) मा सवारीधनीको नाम घनानाथ पाठक उल्लेख रहेको र बस नबीन रेग्मी नामका व्यक्तिले संचालन गरिरहेको प्रहरी अनुसन्धानबाट देखिएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी दीपक थापाले बताए। पाठकको स्थायी ठेगाना चितवन रहेको र रेग्मीको स्थायी ठेगाना अझै नखुलेकोले मालिक पत्ता लगाउन समस्या भएको थापाले बताए । 

मालिकको पहिचान यात्रुको उपचारमा समस्या आएको डिएसपी दीपक थापाले बताए। दुर्घटनामा घाईते भएका ३० जना यात्रुमध्ये ४ जनालाई भरतपुरस्थित मेडिकल कलेजमा आईसीयुमा राखिएको छ । आर्थिक अभावका कारण यात्रुले उपचार नपाएर मर्नुपर्ने अवस्था आउन लागेको थापाले बताए। 

घाइतेको उपचारका लागि प्रहरी जमानतमा अस्पतालले उपचार गरिरहेको डिएसपी थापाले बताए। पूर्बाञ्चल यातायात व्यवसायी संघले २ लाख रुपैयाँ एडभान्स दिएपनि ३० जना घाईतेको उपचारमा १० औं लाख रुपैयाँ खर्च भइसकेको अवस्था रहेको अस्पताल स्रोतले जानकारी दिएको छ। प्रहरीले शुभश्री यातायातको संचालकलाई खोजी गर्न सम्भाबित स्थानमा प्रहरी परिचालन गरिरहेको तर, फेला नपरेको डिएस्पी थापाले अन्नपूर्ण पोष्टलाई बताए। 

Share this post :

Post a Comment

 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. eSanchar - All Rights Reserved
Contents Collected & Published by eSanchar
Proudly powered by Blogger