Headlines News :
Home » » बाल ब्रम्हचारी हनुमानजीको विवाहको रहस्य

बाल ब्रम्हचारी हनुमानजीको विवाहको रहस्य

Written By ADMIN on Friday, November 28, 2014 | 8:10 AM


भनिन्छ, भगवान रामभक्त हनुमानको उपासनाबाट जीवनको सारा कष्ट, संकट मेटिने गर्दछ । थोरै प्राथना र पूजाले नै प्रशन्न हुने भगवानमा हनुमान पनि पर्ने गर्दछन् । इतिहास साक्षी छ, जब–जब भक्तहरुलाई संकट पर्छ तब भक्तहरुको रक्षाका लागि कुनै न कुनै रुपमा अवतार लिएर भगवानले उनको रक्षा गर्ने गर्दछन् । भगवान हनुमानलाई बाल ब्रम्हचारी मानिन्छ त्यसकारण हनुमानलाई हरेक मन्दिर र तस्बिरहरुमा एक्लै देखिन्छ । अरु भगवान जस्तै हनुमानजीलाई आफ्नी श्रीमतीसँग देख्न पाइँदैन । तर यदि तपाईं हनुमानलाई आफ्नी श्रीमतीसँग हेर्न चाहनुहुन्छ भने तपाईं भारतको दक्षिण पूर्वी तटमा अवस्थित आन्ध्र प्रदेशमा जानुपर्ने हुन्छ ।
  

हैदरबादबाट करिब २२० किलोमिटरमा रहेको एउटा मन्दिरमा पवनपुत्र हनुमान आफ्नी श्रीमती सुर्वचलासँगै विराजमान छन् । किम्वदन्तीका अनुसार सुर्वचला सूर्य देवकी पुत्री हुन् र उनको विवाह पवनपुत्र हनुमानजीसँग भएको थियो । जसले हनुमानजी र उनकी श्रीमतीको दर्शन गर्दछन्, ती भक्तहरुको वैवाहिक जीवनको सबै तनाव नष्ट हुने र श्रीमान्–श्रीमतीबिच राम्रो सम्बन्ध स्थापित हुने मान्यता रहि आएको छ ।

पाराशर संहिताका अनुसार हनुमानजी अविवाहित होइनन्, विवाहित हुन् । हनुमानजीले सूर्य देवलाई आफ्नो गुरु बनाएका थिए । सूर्य देवसँग नौँ वटा दिव्य विद्याहरु थिए । यी सबै विद्याहरुको ज्ञान बजरंगबली प्राप्त गर्न चाहन्थे । सूर्य देवले आफ्ना नौँ वटा विद्यामध्ये पाँचवटा विद्याहरुको ज्ञान हनुमानजीलाई दिएका त थिए तर बाँकी रहेका चार विद्यालहरुका लागि सूर्यको अगाडि एउटा संकट खडा भयो । बाँकी रहेका विद्याहरुको ज्ञान त्यस्ता शिष्यहरुलाई दिन सकिन्थ्यो जो विवाहित थिए ।

हनुमानजी बाल ब्रम्हचारी थिए त्यसकारण सूर्य देवले उनलाई बाँकी चारवटा विद्या दिन असमर्थ भए । समस्याको निराकरणका लागि सूर्यदेवले हनुमानजीसँग विवाह गर्ने कुरा गरे । पहिला त हनुमानजी विवाहका लागि राजी थिएनन् तर उनलाई बाँकी चारवटा विद्यापनि लिनुपर्ने भएका कारण उनले विवाहका लागि हुन्छ भने । विवाहका लागि मानेका हनुमानजीका लागि योग्य कन्याको रुपमा सूर्यदेवकी पुत्री सुवर्चलालाई चुनियो । सुर्वचला परम तपस्वी र तेजस्वी भएका कारण यसको तेज हनुमानजीले सहन सक्ने सूर्यदेवले बताए ।

विवाहपश्चात बाँकी रहेका चार ज्ञान पनि उनले प्राप्त गर्न सफल हुने बताउँदै सूर्य सुर्वचला पुनः तपस्यामा नै लिन हुने हुँदा विवाहपश्चात पनि हनुमानजी सधैँ बाल ब्रम्हचारी नै रहने सूर्य देवले बताएका थिए । यस प्रकारले हनुमानजी र सुवर्चलाको विवाह सूर्यदेवले गराइदिए । विवाहपछि सुवर्चला तपस्यामा लीन भइन् र हनुमानजी बम्हचारी नै हुनपुगे । (एजेन्सी)

Share this post :

Post a Comment

 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. eSanchar - All Rights Reserved
Contents Collected & Published by eSanchar
Proudly powered by Blogger