Headlines News :
Home » , » रणभूमि बन्यो राजधानी (फोटो फिचर)

रणभूमि बन्यो राजधानी (फोटो फिचर)

Written By ADMIN on Saturday, November 1, 2014 | 6:08 AM


१४ कात्तिक, काठमाडौं । हिन्दु राज्यको माग गर्दै गृहमन्त्रीको पुत्ला दहन गरिरहेका राप्रपा नेपालका कार्यकर्ता र पुलिसबीच भिडन्त भएको छ । देशका विभिन्न स्थानमा यस्तो भिडन्त भएको हो । काठमाण्डौको रत्नपार्कमामा हिन्दुराज्यको माग गर्दे अनसन बसेका धर्मगुरुहरुलाई प्रहरीले दमन गरेको भन्दै वरोधमा उत्रिएका राप्रपा नेपालका कार्यकर्तामाथि पनि प्रहरीले लाठी वर्षाएको हो ।

राप्रपा नेपालले शुक्रबार काठमाडौको शान्तिबाटिका लगायत मुलुकका विभिन्न स्थानहरुमा सरकारका उपप्रधानतथा गृहमन्त्रीको पुत्लादहन गरेको थियो ।

राप्रपा नेपालले धर्नामा बस्न पाउने, आफ्नो माग राख्नपाउने, शान्तिपुर्वक प्रदर्शन गर्न पाउने संवैधानिक र सार्वभौमिकनागरिक हक, अधिकारको बलात उल्लंघन गर्दै धर्नामा बसेकामानिसहरुलाई गिरफ्तार लछार–पछार गरी बन्दीबनाई धर्ना कार्यलाई तहसनहस तुल्याएकोले सरकारको यो असहिष्णु कार्यको सज्ञा दिएको छ । यस अघि बामदेवकै बोलीको विरोधमा राप्रपा नेपालले संसद अवरुद्ध गरेको थियो ।

Share this post :

Post a Comment

 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. eSanchar - All Rights Reserved
Contents Collected & Published by eSanchar
Proudly powered by Blogger