Headlines News :
Home » , » नासाको २० करोड अमेरिकी डलरको अन्तरिक्ष यान ६ सेकेन्डमा यसरी स्वाहा भयो (भिडियोसहित)

नासाको २० करोड अमेरिकी डलरको अन्तरिक्ष यान ६ सेकेन्डमा यसरी स्वाहा भयो (भिडियोसहित)

Written By ADMIN on Wednesday, October 29, 2014 | 5:33 AM


(एजेन्सी) आन्तर्राष्ट्रिय स्पेस स्टेसनमा चाहिने सामग्री बोकेको मानवरहित रकेट अमेरिकाको भर्जिनिया राज्यमा प्रक्षेपणकै दौरान विस्फोट भएको छ । ओरबिटल साइन्स कर्पोरेसनले तयार गरेको १४ तले अन्टारेस रकेट समुद्रको छेउमा रहेको वालोप फ्ल्याइट फसिलिटीको लञ्च प्याडबाट उडेको केही सेकेण्डमा नै विस्फोट हुँदै आगोको लप्कामा परिणत भएको थियो ।


के कारणले उक्त रकेट दुर्घटना भयो भन्ने कुराको अझै पत्ता लागेको छैन । सोमबार नै उक्त रकेटलाई प्रक्षेपण गर्ने भनिए पनि त्यस आसपासका क्षेत्रमा जहाजहरु भएपछि त्यसलाई एक दिन ढिला सरिएको थियो । रकेटले अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा रहेका ६ अन्तरक्षियात्रीहरुका लागि ५ हजार पाउण्ड (२२ सय केजी) बराबरको सामग्री लाने तयारी गरिएको थियो ।

ओरबिटल साइन्सेसका कार्यकारी उपाध्यक्ष फ्रांक कलबर्टसनले दुर्घटनाको बारेमा अध्ययन भएको जानकारी दिएका छन् । ‘यस्तो घटना यस क्षेत्रमा पहिले पनि भएको हो । यसबाट हामी फेरि उठ्ने छौं,’ उनले भने । भिडियो तल छ 

Share this post :

Post a Comment

 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. eSanchar - All Rights Reserved
Contents Collected & Published by eSanchar
Proudly powered by Blogger