Headlines News :
Home » , » बलात्कारमा लिप्त बाबुले छोरी बेहोस हुँदा पनि बलात्कार गर्न छोडेनन (भिडियो)

बलात्कारमा लिप्त बाबुले छोरी बेहोस हुँदा पनि बलात्कार गर्न छोडेनन (भिडियो)

Written By ADMIN on Friday, January 9, 2015 | 6:34 AM


,काठमाडौँ । जन्म दिने बुबाले आफ्नी छोरीलाई पटक पटक बलात्कार गरेको कल्पना गर्न सकिन्छ ? पछिल्लो समय एक पछि अर्को गर्दै यस्ता घटना नेपालमा पनि बढिरहेका छन् । घटना हो काभ्रेको । काभ्रेकी सबिना कार्की नाम परिवर्तन लाई आफ्ना बुबाले दिनहुँ जसो नै बलात्कार गर्ने गरेपनि उनले बेहोस भएको बेला पनि छोरीलाई बलात्कार गरिरहेको रहस्य खुलेको छ । रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले काभ्रेका त्यस्ता कुर्कमी बाबुको कुर्कमको पोल बिहिबार रक्षा नेपालमा खोलेकी हुन् । जसले पछिल्लो समय एकपछि अर्को गर्दै चर्चा पाउँदै गएको छ । र बलात्कारीको बिरुद्धमा पनि जनलहर जुट्दै गएको छ ।

यही कुरा ति युवतीले आफ्नी आमा,मामा र फुपुलाई भनेपनि उनीहरुले एक पटकलाई माफी गरिदिन आग्रह गरेपछि युवतीले धुलीखेलको जंगलमा गएर विष खाइन् । उनले आफ्ना बुबाको पेट बोकेर बाँच्नु भन्दा आफुले देह त्याग्ने निधो गरेर बिष सेवन गरे पनि प्रहरीले उनको उद्धार गरेपछि युवतीले लेखेको डायरीका आधारमा घटना सार्वजनिक भएको अध्यक्ष थापाले बताइन् ।

अध्यक्ष थापाका अनुसार आत्महत्या प्रयास गर्नु अघि ति युवतिले आफ्नी आमा अंकलसँग सल्केको र आफुले बाबुको भुँडी बोकेको आफन्तलाई भन्दा समेत न्याय नपाउने देखेपछि यस्तो कदम चाल्न बाध्य भएको उल्लेख गरेकि छिन् । ति युवतीलाई अहिले रक्षा नेपालको संरक्षणमा उपचार गरिराखिएको अध्यक्ष थापाले बताइन् । सो अवसरमा अध्यक्ष थापाले नेपालको कानुन अत्यन्त कमजोर रहेको बताइन् । उनले भनिन बलात्कार गर्ने बाबुलाइ जम्मा १८ बर्ष कैद हुन्छ , त्यो पनि ९ बर्षमा छुट्छ । यस्तो कानुनले पनि अपराधीलाई अपराध गर्न प्रशय दिइरहशेको छ । कानुन बलियो नभएसम्म यि र यस्ता घटना रोक्न गाह्रो हुने उनले बताइन् ।


Share this post :

Post a Comment

 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. eSanchar - All Rights Reserved
Contents Collected & Published by eSanchar
Proudly powered by Blogger