Headlines News :
Home » , » बसले ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थल मै मृत्यु

बसले ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थल मै मृत्यु

Written By ADMIN on Thursday, January 1, 2015 | 4:49 AM


तेजन खड्का, उर्लाबारी, १७ पुस, पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारीमा तिब्र गतिमा गुडेको बसले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार १ जनाको घटना स्थलमै मृत्यु भएको छ । मोटरसाईकलमा सवार थप २ जना गम्भीर घाईते भएका छन् । 


दिउँसो २ बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख ९६८ नम्बरको बसले मे २ प २६०० नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार उर्लाबारी—४ का हरिभक्त सेम्बुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक श्रीराम भण्डारीले जानकारी दिए । घाईते दुईजनाको नाम खुल्न बाँकी रहेको र उनीहरुको न्युरो अस्पताल विराटनगर र उर्लाबारीस्थित गोदावरी हस्पिटल प्रालिमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

अपडेट: घाईतेहुनेमा पाँचथर कुरुम्बा—८ का वर्ष १६ का बालकृष्ण लावती र सोहि ठाउँकै १५ वर्षीय पुरन लावती रहेका छन् । पुरनको न्युरो अस्पताल बिराटनगर र बालकृष्णको उर्लाबारीस्थित गोदावरी हस्पिटल प्रालिमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Share this post :

Post a Comment

 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. eSanchar - All Rights Reserved
Contents Collected & Published by eSanchar
Proudly powered by Blogger