Headlines News :
Home » , » नायिका केकी अधिकारी द्वारा विष सेवन गरि आत्महत्या

नायिका केकी अधिकारी द्वारा विष सेवन गरि आत्महत्या

Written By ADMIN on Thursday, January 8, 2015 | 4:51 AM


काठमाडौँ । तपाइले पढ्नु भएको माथिको शिर्षक केकी अधिकारीको वास्तबिक जीवनमा घटेको घटना भने होइन । यो त अभिनेत्री केकीद्धारा अभिनित म्युजिक भिडियो बिरानो नि आफ्नो हुन्छ मन परेपछि, आफ्नो पनि बिरानो हुन्छ मन मरेपछिको एक बनावटी दृश्य मात्र हो । जसको मंगलबार मात्रै छायांकन सम्पन्न भएको छ ।


गीतको बोलले भने अनुसार नै मन मरेपछि केकीले पति बिमलेश अधिकारीकीसँग बिहे भएकै रात अर्थात सुहागरातकै अवसरमा विष सेवन गर्ने प्रयास गर्छिन् । तर उनका भिडियोका पति बिमलेशले देखेपछि उनको त्यो प्रयास असफल हुन्छ । अघिल्लो रात विष सेवन गर्न असफल बनेकी अधिकारी केकीले अर्कौ दिन आत्महत्या गरेरै छाड्छिन् । उनले आत्महत्या गरेपछि उनका पति बिमलेश तनाबमा देखिन्छन् ।
हालै छायांकन सकिएको भिडियोमा गीतकार दिनेश थपलियाका शब्दमा सत्यराज आचार्यले स्वर दिएका छन् भने दिपक शर्माले संगीत भरेका छन् । जुन भिडियोलाई गायक सरोज वलीले निर्माण गरेका हुन् । गीतकार थपलीयाको एल्बम सारांशमा नामक एल्बमा समावेश यो भिडियो बाहेक आफ्नो मान्छेबाट चोटपाएँ अनगिन्ती र राम्रो मान्छे रिसाउनु हुन्न गरी ३ वटा भिडियो निर्माण भइसकेका छन् ।

एल्बममा गाायक आर्चायका अलावा, सरोज वली, अञ्जु पन्त, प्रमोद खरेल, राजेश पायल राई,मिलन अमात्य, रात्यराज आचार्य, रामचन्द्र काफ्ले गरी ९ जनाको स्वर रहेको छ । एल्बममा दिपक शर्माको एक संगीत रहेको छ भने दिनेश थपलियाको एकल शब्द रहेको निर्माता तथा गायक ओलीले बताए । (मिडिया एनपी)

Share this post :

Post a Comment

 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. eSanchar - All Rights Reserved
Contents Collected & Published by eSanchar
Proudly powered by Blogger