Headlines News :
Home » » ठमेलको यौनबजार, खुलेआम मोलतोल (भिडियो र अडियो टेप सहित)

ठमेलको यौनबजार, खुलेआम मोलतोल (भिडियो र अडियो टेप सहित)

Written By ADMIN on Friday, December 12, 2014 | 3:56 AM


(रातोपाटी- Ratopati.com)- अमुर्त चित्रजस्ता अनेक रंग पोतिएको राजधानीको ब्यस्त शहर ठमेलमा मध्यरात कस्तो चित्र बन्दै थियो, हामीले सटिक आँकलन गरिसकेका थिएनौं । कुरा गएको रातको हो । रातोपाटीको टिम पर्यटकीय नगरी ठमेल पुग्दा रातको करिव बाह्र बजेको हुँदो हो । त्यतिवेला केशरमहलको सम्पति शुद्धिकरण अनुसन्धान विभागको मुलगेट खुल्लै थियो । त्यहि गेटसँगै साँध–सिमाना जोडीएको ठमेल पनि कहाँ बन्द थियो र ? ठमेल ‘ठमेल हुनुको मज्जा’ लुटीरहेको थियो । हामी ठमेलको रात्री जिवनलाई नजिकबाट नियाल्न त्यहाँ पुगेका थियौं । खबर तिनको संकलन गर्नुथियो –जो रातभर ठमेलमा यायावर जस्तो हल्लिरहन्छन् र हजारहजारका नोटसँग आफ्नो मस्त जवानी साटीरहन्छन् । घडिको सुई जति घुम्दै जान्थ्यो ठमेल त्यति नै रफ्तारमा आफ्नो ब्यस्तता बढेको नक्कल गथ्र्यो ।


सम्पती सुद्धिकरण अनुसन्धान विभागसँगै जोडीएको थियो ‘गार्डेन अफ ड्रिम’ क्याफे । रात छिप्पिँदै थियो, ठिक त्यहि वेला गार्डेन अफ ड्रिमबाट केही पर्यटक निस्किए । निस्कनासाथ उनीहरु निकै आकर्षक जस्ता लाग्ने दर्जन बढी सुन्दरीहरुबाट घेरिए । ती सुन्दरीहरुले निकै लालसपुर्ण मुद्रामा तिनलाई हेरिरहेका थिए ,केहीले अंग्रेजीमा सेक्स प्रस्ताव तेस्र्याईरहे । तर पर्यटक दोहोरो कुरा नगरी आफ्नो बाटो लागे । रात जति छिप्पिँदै जान्थ्यो, त्यस्ता युवतीहरुको चाँङ बढ्दै थियो । उनीहरु त्यहाँ हिंड्ने बटुवालाई हाकाहाकी सोध्थे ‘जाने हो ?’ थाहा पाएकाहरु जिस्किन्थे, थाहा नहुनेहरु लजाउँथे । को हुन् उनीहरु ? लामो समयदेखि ठमेल चोकमा ह्याण्डीक्राफ्टको ब्यापार गर्दै आएका रामकृष्ण महर्जन भन्दै थिए ‘यिनीहरु युवती हैनन् तेस्रो लिंगी हुन् ।’ धेरैसँग धेरै कुरा भए । तर हामी पत्रकार भन्ने थाहा पाएपछि मून्टो बटारेर हिँडे । मध्यरात ठमेल थुप्रिएका दर्जनौं तेस्रो लिंगी मध्येकै एक हामीसँग कुरा गर्न राजी भईन् । तपाईको नाम के हो ? हाम्रो प्रश्न खस्न नपाउँदै उनले भनिन् ‘रितु ’ । दोस्रो प्रश्नपछि बल्ल उनले थर भनिन् ‘केसी’ । उनले न घर सिधा बताइन् न बस्ने ठेगाना, हाम्रा प्रश्नहरुको हावादारी उत्तर दिएर उनी अर्कै दिशातिर लम्किइन् । त्यहाँ उपस्थित तेस्रो लिंगीहरुमा कुनै लज्जाको भावना वा गाम्भियर्ता थिएन । उनीहरु हल्काफुल्का जवाफ दिन्थे र पैसा धुत्ने खेलोमा लागीहाल्थे । संचयकोष भवन अगाडी एक तेस्रो लिंगी आफ्नो कस्मेटीक यौवन पैसामा साट्न लालस थिईन । सिन्धुपाल्चोक तिरका एक युवकले नजिक गएर सोधे ‘कति हो ?’ उत्तर आयो ‘तीन हजार’ । सिता नामकी तेस्रो लिंगीले उत्तर दिईन् । 

मुल्य सुनेपछि ती युवक अर्कोतिर लागे, उनले पछाडीबाट कराएर भनिन् ‘तैंले नलगे के हुन्छ ? मजस्ती जवान केटीलाई ठमेलमा केटाको खाँचो छैन ।’ उनि युवती भनेर आफैंलाई ढाँटीरहेकी थिईन् । ग्राहक बाटो लागेपछि अर्को ग्राहकको खोजिमा रहेकी सितालाई हामीले केहि बेरको कुराकानी पछि सोध्यौं ‘यस्तो बेला चिनेको मान्छे आएभने लाज हुँदैन ?’ ‘ईज्जत ओछ्याएर बाटोमा बसेपछि केको लाज ?’ उनी छोटो उत्तर दिईन र आफ्नो बाटो लागिन् । यसरी ठमेल चोकमा तेस्रो लिंगीहरुले मध्यरातसम्म बार्गेनिङ गरिरहे । बार्गेनिङको शुरु र अन्तको कुनै सिमा थिएन । यसको अर्थ उनीहरु मान्छे हेरेर आफ्नो मुल्य आफैं तोक्थे । हामीले लुकीछिपी केही तस्बिरहरु खिच्यौं । डाईरेक्ट खिच्दा असुरक्षीत हुने डरले हामीले प्रहरीको सहायता माग्यौं तर प्रहरी देखेपछि उनीहरु कुलेलाम ठोक्ने हुनाले संभवै भएन । उनीहरुले देख्ने गरी फोटो खिच्ने कुरै भएन । हामीले मोटरसाईकलको हेडलाईट बालेर खिच्दै गर्दा एक तेस्रो लिंगी अपशब्द बोल्दै आक्रमणमा उत्रिईन, उनलाई साथ दिन दर्जनौ तेस्रो लिंगी जम्मा भैसकेका थिए । हामी लुसुक्क भाग्यौं ।

केटी भन्दै मुर्गा बनाउँदै
मध्यरातसम्म ठमेलको सडकमा दर्जनौं स्मार्ट तेस्रोलिंगीहरु भेटिए । तर उनीहरुले आफुलाई ‘केटी हौं’ भन्दै ग्राहकलाई पट्याउने गरेका छन् । जसले गर्दा धेरै ग्राहकहरु फस्ने गरेको ठमेलमा ड्युटी गरिरहेका एक प्रहरी अधिकारीले बताए । उनीहरुले आफ्ना ग्राहकलाई सोह्रखुट्टे वा लैनचौर तिरका आफ्ना कोठामा लगेर यौन प्यास मेटाउने गरेका छन् । एक प्रहरी सई भन्दै थिए ‘यिनीहरुको छुट्टै कोड भाषा छ,र गजबको एकता छ ।’ आजभोली प्रहरीले पहिलेको तुलनामा निकै कडाई गरेकाले तेस्रो लिंगीको संख्यामा निकै कमि आएको बताए उनैले । उनका अुनुसार ठमेलमा कडाई गरेपछि तेस्रो लिंगीहरु रत्नपार्क, चावहिल र गौशला तिर बाँडिने गरेका छन् । उनिहरुले छुट्ट्याएको एरिया बाहेक अन्यत्र जाँन निषेध गरिएको थियो । अझ यसलाई यसरी भनौं रत्नपार्कमा बस्ने हरुलाई ठमेल जाँने अनुमती थिएन, यो नियम स्वयमं उनीहरुले नै बनाएका थिए ।

लाजको पसारो 
तेस्रो लिंगी मात्र नभएर अन्य पेशेवर यौन ब्यवसायीले पनि रातभर ठमेलका सडकहरुमा रमिता देखाउने गरेका छन् । गएको राती सार्क सचिवालय अगाडी दुई यौन ब्यवसायी ग्राहकहरुसंग मोलमोलाई गर्दै थिए, कुरा नमिलेपछि ग्राहकले मुन्टो बटारे । त्यसमध्ये एउटीले भनिन् ‘कविता दिदी एकछिन छेकीदिनुस न, पिशाव गर्नुपर्‍यो ।’ एउटीले छेकेजस्तो गरिन्, अर्किले सडक पेटीमै पिशाव गरिन् । वरपर रमिते थिए, तर उनीहरुले दिएजस्तो गरेनन् । उनीहरु पिशाव फेर्नुलाई पनि अर्कै भाषाको प्रयोग गर्दै थिए,जुन शब्द यहाँ प्रयोग गर्न हामी असमर्थ छौं । ठमेलको सुरक्षाका लागी खटिएका प्रहरी यस्सो आएजस्तो गर्थे तर उनीहरुको क्रियाकलाप नदेखेझैं गरिदीन्थे, जसको परिणाम खुलेआम यौन धन्दा मौलाईरहेको थियो ।

 घरी ट्याक्सिमा चढ्ने, घरी ओर्लीएर बार्गेनिङ गर्ने ,यौनीक शब्दहरु बोल्नु उनिहरुका लागी सामान्य थियो । प्रहरीहरु प्राय:ठमेल चोकमा बस्थे । त्यसयता संचयकोष भवन अगाडी भने यौनब्यवसायीहरु बार्गेनिङ गरिरहन्थे । प्रहरी लौरा बजाउँदै आउँदा अधिकांश ट्याक्सि भित्र पस्थे भने कोही गल्लितीर भाग्थे । तिनै प्रहरीका सई’साप भन्दै थिए ‘ग्राहक ठग्नमा यि ट्याक्सीवालाले पनि सेटीङ मिलाउँछन् ।’ यौन ब्यवसायीले ट्याक्सी ड्राईभरहरु संग मिलेर बिच बाटोमा अरु मान्छे चढाउने र गल्लितीर लगेर लुट्ने गरेको बताउँदै थिए ती प्रहरी । यो रमिता रातको दुई बजेसम्म चल्यो । रातको दुई बजे ठमेलका डिस्को र डान्स क्लवहरु बन्द हुँदै गर्दा ठमेललाई तेस्रो लिंगी र अन्य यौन ब्यवसायीले छाडीसकेका थिए । प्रहरीका भ्यानहरु विस्तारै अगाडी बढे, साईरन वाला रातो बत्ति मात्र बलेको थियो तर ईमर्जेन्सी साईरन बजेको थिएन । हामी एकपटक फेरी सम्पती शुद्धिकरणको मुलगेट नियाल्न पुग्यौं, जो निकै अगाडी नै बन्द भैसकेको रहेछ । ठमेल रित्तो हुँदै गर्दा सायद धेरैको खल्ति पनि रित्तीसकेको थियो । 

Share this post :

Post a Comment

 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. eSanchar - All Rights Reserved
Contents Collected & Published by eSanchar
Proudly powered by Blogger