Headlines News :
Home » , , , » मैले शोषणको अनुभुती गर्नु परेको छैन : रेखा थापा(भिडियो)

मैले शोषणको अनुभुती गर्नु परेको छैन : रेखा थापा(भिडियो)

Written By ADMIN on Wednesday, December 17, 2014 | 11:19 PM


नारी प्रधान चलचित्र बनाउन अग्रसर हुने नायिका हुन्, रेखा थापा । नारीलाई हुने गरेका शोषण र अन्यायलाई पर्दामा उतार्न अगाडि देखिन्छिन् रेखा ।  रेखा थापाले अभिनय गरेको चलचित्र ‘तथास्तु’ पौष २५ गतेबा प्रदर्शनमा आउने क्रममा छ । जसमा पनि रेखाको भूमिका नारी केन्दि्रत छ ।


तर, रेखालाई लाग्छ, यो समाजमा पुरुष र नारी दुबै शोषित भएका छन् । रेखा चलचित्र क्षेत्रमा लागेर आफूले शोषणको अनुभुती कहिल्यै नगरेको तर्क गर्छिन् । उनलाई लाग्छ, आफूसँग खुबी छ भने कसैसँग पनि गुहार माग्नु पर्दैन ।

‘जब कुनै नारीमा खुबी हुँदैन, तब उ अरुको अगाडि झुक्छे’ रेखाले भनिन् । आफूलाई कुनै काम गर्नु प¥यो र आफूसँग त्यो खुबी छैन भने कसैलाई ढोग्नु पर्छ, रेखाले भनिन् । रेखाले आफ्नो स्वभाव बताउँदै भनेकी छिन्–‘मलाई स्कुलमा कसैले हेर्दा पनि उसलाई ट्वाइटेलमा लगेर कुट्थ्य ।’

चलचित्र क्षेत्रमा दक्ष भएर आउने कुनै पनि नारीले शोषित हुनु नपर्ने उनको वुझाई छ । रेखाका अनुसार उनले सम्बन्ध बिच्छेद गर्दा श्रीमानबाट कुनै सम्पत्ती लिएकी छैनन् । रेखाले दाबी गर्दै भनिन्–‘म नेपालको पहिलो महिला हुँला, जसले सम्बन्ध बिच्छेद गर्दा कुनै सम्पत्ती नलिई श्रीमानको घर छोडेकी छु ।’एन्टेना फाउन्डेशनसँग कुरा गर्दै रेखाले यसो भनेकी हुन् ।

Share this post :

Post a Comment

 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. eSanchar - All Rights Reserved
Contents Collected & Published by eSanchar
Proudly powered by Blogger