Headlines News :
Home » , , » आमाले परपुरुष संग यौन सम्पर्क गरेको ११ बर्षीय छोराले देखे पछी छोराको हत्या

आमाले परपुरुष संग यौन सम्पर्क गरेको ११ बर्षीय छोराले देखे पछी छोराको हत्या

Written By ADMIN on Friday, December 5, 2014 | 9:46 PM


परपुरुषसँगको सम्बन्ध खुल्ने डरले सौतेनी आमाले ११ वर्षीय छोराको 'हत्या गरेको' प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कोहलपुर- १० रामनगरका भूमिका कुँवर भण्डारीले अरूसँगको सम्बन्ध सार्वजनिक हुने शंकाले लालसिंह भण्डारीको हत्या गरेको कोहलपुर प्रहरीले जनाएको छ । उनका पति प्रेमबहादुर प्रहरी जवान हुन् । उनी घर नभएका बेला भूमिकाले परपुरुषलाई घरमै ल्याउने गरेकी थिइन् ।


उनको सम्बन्धबारे छोराले थाहा पाएपछि हत्या गरिएको इलाका प्रहरी कोहलपुरका प्रमुख जनकबहादुर शाहीले बताए । मृतक बालककी आमा भने बाजुरास्थित घरमै बस्छिन् । उनलाई पढाउन भन्दै बुबाले कोहलपुरमा डेरा लिई कान्छी श्रीमतीसँगै राखेका थिए । लालसिंह कोहलपुरस्थित त्रिभुवन उच्चमाविमा कक्षा ८  मा अध्ययनरत थिए ।

साताअघि बालक मृत भेटिएपछि प्रहरीले अनुसन्धान थालेको हो । घटनाको प्रकृति हेर्दा हत्या भएको शंकमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । 'प्रारम्भिक अनुसन्धानमा सौतेनी आमाको परपुरुषसँगको सम्बन्ध खुल्ने डरले हत्या गरिएको खुलेको छ ।

सोधपुछ बाँकी नै छ । उनका छिमेकीले पनि पति घरमा नहुँदा अपरिचित पुरुष भूमिकाको डेरामा आउजाउ गरेको बताएका छन्,' प्रहरी नायब उपरीक्षक शाहीले भने, 'बालकले सौतेनी आमाको व्यवहार थाहा पाएको र बुबालाई भन्ने शंकामा घटना घटाएको पाइएको छ ।'

मृतकका बुबा प्रेमबहादुरले पनि कान्छी श्रीमतीको परपुरुषसँग सम्बन्ध रहेको दाबी गर्दै प्रहरीमा जाहेरी दिएका थिए । उनले आफ्नो कर्तुतबारे सार्वजनिक हुने डरले छोराको हत्या भूमिकाले नै गरेको लिखित आरोप लगाएका छन् । उनले छोराको हत्या गर्ने श्रीमती र सहयोग गर्ने व्यक्तिको पहिचान गरी कडा कारबाहीको माग गरेका छन् । 

Share this post :

Post a Comment

 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. eSanchar - All Rights Reserved
Contents Collected & Published by eSanchar
Proudly powered by Blogger