Headlines News :
Home » , » आमा बनेँ, तर श्रीमति बन्न तयार भइन – सुस्मिता सेन ( भिडियो)

आमा बनेँ, तर श्रीमति बन्न तयार भइन – सुस्मिता सेन ( भिडियो)

Written By ADMIN on Monday, November 17, 2014 | 5:08 AM


बलिउड अभिनेतृ एवं मिस युनिभर्स १९९४ सुस्मिता सेन नेपाल भ्रमण निकै अबिस्मरणीय रहेको बताउँछिन् । क्लासिक डायमण्ड ज्वेलर्सको निम्तोमा नेपाल भ्रमणमा आएकी उनले काठमाण्डौमा आयोजित दुई दिने फेसन सोमा र्‍याम्पमा उत्रिइन् । शनिवार साँझ फेसन सो समापनसँगै संचारकर्मीसँग कुरा गर्दै उनले नेपालको सौन्दर्य, हिमाल, यहाँको आध्यात्मिक पहिचान र नेपाली मानिसको सौन्दर्यबारे खुलेर तारिफ गरिन् । प्रस्तुत छ, सुस्मितासँगको कुराकानीको सम्पादित अंश- नौ बर्षपछि फेरि नेपाल आउँदा कस्तो लाग्यो ? -यहाँको असल मानिसको आतिथ्य सत्कारमा उस्तै उत्कृष्टता पाएँ ।

सवैभन्दा ठूलो पशुपतिको दर्शन गर्ने मेरो धोको पुरा भएको छ । मैले आजै पशुतिको दर्शन गरेँ । मलाई यहाँ बोलाएकोमा आयोजक क्लासिक डायमण्डलाई मनैदेखि धन्यवाद । उहाँले मेरो निकै ख्याल गर्नुभयो । मैले यहाँ हरेक पल निकै आनन्दसाथ बिताउन पाएँ । नेपाल भ्रमणको सवैभन्दा बिशेष पल कुन रह्यो ? -सवैभन्दा स्पेशलचाहिं महर्जन परिवार (क्लासिक डायमण्डका संचालक)सँगको र्‍याम्प नै हो । हजुरआमादेखि बच्चासम्म कति मजाले र्‍याम्पमा उत्रिनुभयो । म धेरै र्‍याम्पमा हिडेँ, तर परिवारको तीन पुस्तासँग एकैसाथ र्‍याम्पमा हिड्ने अबसर जुरेको थिएन् । र्‍याम्पमा मलाई साथ दिने नेपाली ब्युटीहरुले पनि मेरो मन जिते । ती साँच्चै नेपालको प्रतिनिधित्व गर्ने सुन्दरीहरु हुन् । मैले अर्कोपटकको नेपाल भ्रमणमा दुवै जना छोरीहरु (धर्मपुत्रीहरु)लाई ल्याउने छु ।

नेपालमा हिमालय र एभरेष्ट छ, भगवान छन, यहाँ अध्यात्मिक शक्ति छ, जुन मेरा छोरीहरुलाई पनि महसुस गराउन चाहान्छु । तपाई जुन साल मिस युनिभर्स हुनुभयो, त्यही सालबाट नेपालमा मिस नेपाल आयोजना हुन सुरु भएको हो । त्यसयता जति पनि प्रतियोगिताहरु हुन्छन, यो उद्योगमा आउन चाहानेहरुले सुस्मिता सेनलाई एउटा रोलमोडलका रुपमा लिन्छन र फाइनलमा तपाईले दिएको जवाफ युट्युवमा खोजी-खोजी हेर्छन् । नेपाली युवतीहरुलाई के सुझाव छ ? (पूर्व मिस नेपाल माल्भिका सुब्बाको प्रश्न) -हो, मसँगै र्‍याम्पमा उत्रिएका सुन्दरीहरु पनि मलाई भेट्दा निकै उत्साहित र दंगदास थिए, चिच्चाएर मलाई अंकमाल गरे । एउटा सत्य के हो महिला भएर जन्मिनु आफैमा निकै सुन्दर कुरा हो, यो सत्यलाई आत्मसात गर्नुस् । ठूला आँखा भएका, चिउँडो लामो भएका मात्र सुन्दर हुन्छन भन्ने मान्यता थियो कुनै बेला, त्यो ठिक हैन् । आफु जस्तो छ, त्यही नै सुन्दरता हो, त्यसलाई आत्मसात गर्नुस, अरु कोही जस्तो हुनुपर्दैन, अरु कसैले सुन्दरता यो हो भनिरहनु पर्दैन्, यो महसुस गर्ने कुरा हो ।

म मिस युनिभर्स हुँदाको भिडियो हेर्ने गर्नुभएको सुन्दा निकै खुसी लाग्यो । तर, त्यो २० बर्ष अगाडीको कुरा हो । अहिले समय धेरै परिवर्तन भइसकेको छ र, तपाई पनि त्यहीअुनसार परिवर्तन हुनुपर्छ । तपाईको आत्मबिश्वास आजको समय र स्तरअनुसार हुनुपर्छ । कस्तो अचम्म रहेछ, म मिस युनिभर्स हुनु र मिस नेपाल प्रतियोगिता सुरु हुनु । गज्जव संयोग ! महिलालाई के ले सुन्दर बनाउँछ ? -सत्य के हो भने उनले आफु सुन्दर छु भन्ने बिश्वास गर्नुपर्छ । कुनै ब्युटि म्यागेजिनले भनेजस्तो साइज जिरो हुनुपर्छ, यति अग्ली हुनुपर्छ वा संसारका महंगा ब्राण्ड पहिरनुपर्छ भन्ने छैन् ।

उनी आफैले आफु सुन्दरी भएको महसुस गरे पुग्छ । तपाईंले बिबाह चाहिँ कहिले गर्ने ? -कुनै बेला थियो, जब तपाईले केटीहरुले २४ बर्षमा बिबाह गरेनन् भने उसको जीवन सकियो भन्ने मान्यता थियो । तर भगवानको कृपाले म यस्ता मानिसहरुबाट घेरिएकी छु, जसले भन्छन कि- तिमी यस्तो बेला त्यो काम गर, जुनबेला तिमी तयार भएकी हुन्छौ । त्यो सही समय हो कि हैन भन्ने कुरा छाडिदेऊ ।’ तर, तपाईंहरुले मैलें झैं ढिला गर्नुस् भनेको चाहिं हैन् । साँचो कुरा के हो भने म आमा बन्न तयार भएँ तर, श्रीमती बन्न तयार भइन । जुन दिन म श्रीमती बन्न तयार हुने छु, त्यो दिन पक्कै कुनै ह्याण्डसमलाई श्रीमानका रुपमा स्वीकार्ने छु । हेर्नुहोस् भिडियो- 

Share this post :

Post a Comment

 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. eSanchar - All Rights Reserved
Contents Collected & Published by eSanchar
Proudly powered by Blogger