Headlines News :
Home » , » नेपाल सरकारको वेभसाइट ह्याक

नेपाल सरकारको वेभसाइट ह्याक

Written By ADMIN on Wednesday, November 26, 2014 | 5:33 AM


मोदी आउने दिन नेपाल सरकारको वेभसाइटमा ‘स्वतन्त्र कस्मिरको’ नारा

काठमाडौं,मंसीर ९ – १८ औं सार्क शिखर सम्मेलनलाई अन्तराष्ट्रिय आतंकवादी समुहले चुनौति दिएका छन् । भोलीदेखि शुरु हुन लागेको सम्मेलनको एक दिन अघि आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वेभसाइट ह्याक गरि उनीहरुले विभिन्न नाराहरु सार्वजनिक गरेका हुन् । अहिले भने वेभसाइटलाई पुन: सञ्चालनमा ल्याइसकिएको छ ।


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने तथा अन्य सार्क राष्ट्र प्रमुखहरु आउने दिन ट्युनिसियाका ह्याकरहरुले मुस्लीम धार्मिक अभियान मुस्लीम धार्मिक अभियान ‘खिलाफा’ आउँदैछ चिन्ता नलिनु,कस्मिर स्वतन्त्रता जस्ता सन्देश नेपाल सरकारको वेभसाइटमा दिएको थियो ।

सिरिया इराकमा हिंसात्मक विद्रोह चलाइरहेको आइएसआइएसको नाम पनि उल्लेख गरिएको थियो भने उनीहरुले मुस्लिम स्वतन्त्रता, प्यालेस्टाइन स्वतन्त्रता र कस्मिर स्वतन्त्रताको नारा समेत उल्लेख गरेका थिए।

प्रहरी अधिकारी यतिबेला वेभसाइट ह्याक बारे अनुसन्धानमा लागी परेको छ । ‘हामी अनुसन्धानमा छौं ।’ एसएसपी पुष्कर कार्कीले भने ‘जति सक्दो छिटो अनुसन्धान गरेपछि खबर गरिनेछ ।’ गृहमन्त्रालयका प्रवक्ता लक्ष्मी प्रसाद ढकालले आफूलाई जानकारीमा नआएको बताए उनले सरकार सुरक्षा गर्न सक्षम रहेको बताए । एक महिनाअघि मात्र उच्च प्रहरी अधिकारीहरुको बैठकमा सार्कको बेला अन्तर्राष्ट्रिय आतंकवादी समूहहरुको थ्रेट रहेको निश्कर्ष निकालिएको थियो ।

Share this post :

Post a Comment

 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. eSanchar - All Rights Reserved
Contents Collected & Published by eSanchar
Proudly powered by Blogger