Headlines News :
Home » , , , , » नम्रताको छोटो लुगा देखेपछि विल्सन विक्रमले भने ‘बबाल छौँ हे नम्रता’

नम्रताको छोटो लुगा देखेपछि विल्सन विक्रमले भने ‘बबाल छौँ हे नम्रता’

Written By ADMIN on Saturday, November 22, 2014 | 5:42 AM


नम्रता श्रेष्ठ छोटो लुगा लगाएर फुरुक फुरुक नाच्दै थिइन । परबाट चर्चित कलाकार विल्सन विक्रम राई कराउदै आए बबाल छौँ हे नम्रता अनि पछि पछि दौडिए अन्य युवा कलाकार भन्दै विल्सन विक्रम राई सहित चार कलाकार गजित बिष्ट, गौरव पहारी, प्रदिप बाँस्तोला । राजधानीको फन पार्कमा देखिएको यस्तो दृश्य हेर्न फन पार्क पुगेका सबै तछाड मछाड गर्दै थिए । एउटी सुन्दरीलाई नृत्युमा साथ दिदै थिए चार जना सुन्दर ।


निशा देसार, राजन इशान, यूवराज चौलागाईले आवाज रहेको ‘क्या कमाल तिमी बबाल छौ हे नम्रता’ बोलको गीतको म्युजिक भिडियो सुटिङ हुँदै थियो । हरि लामाले छायांकन गरेको फिल्म ‘अधकट्टी’को एक गीत हो ‘क्या कमाल तिमी बबाल छौ हे नम्रता’ ।


‘अधकट्टी’को को निर्देशन संचारकर्मी सुव्रत आचार्यले निर्देशन गरेका हुन् । प्रदिपकुमार उदयले निर्माण गरेको फिल्म फाल्गुण १ गतेबाट हलमा आउँदैछ । फिल्ममा अशिष्मा नकर्मी र रिस्ता बस्नेत पनि मुख्य भूमिकामा छन् । अभिनेत्री नम्रता श्रेष्ठ फिल्म भित्र पनि हिरोइनको भूमिकामा देखिने छिन् ।

Share this post :

Post a Comment

 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. eSanchar - All Rights Reserved
Contents Collected & Published by eSanchar
Proudly powered by Blogger