Headlines News :
Home » , » अफगानिस्तानमा भेटिए अर्का सलमान…(तस्विरसहित)

अफगानिस्तानमा भेटिए अर्का सलमान…(तस्विरसहित)

Written By ADMIN on Saturday, November 22, 2014 | 5:29 AM


बलिउड स्टार सलमान खानको जस्तै अनुहार भएको एक व्यक्ति अपगानिस्तानमा भेटिएको छ । भनिन्छ, विश्वमा ७ जना मानिस एक-अर्कासँग मिल्छन् अर्थात् ७ जना मानिस जुडुवा जस्तै देखिन्छन् । तर तीनलाई एक साथ देख्न निकै मुस्किल हुने गर्छ । तर, सलमान खानले भने आफ्नो अनुहारसँग मिल्ने व्यक्ति भेटेका छन् ।
 

सलमान खानको जुडुवाको रूपमा देखिएका व्यक्ति हुन्, नजिम खान । उनी सलमान खान जस्तै देखिन्छन् । यति मात्र होइन उनी सलमानसँग चलचित्र ‘बजरंगी भाईजान’मा एकसाथ काम गर्ने भएका छन् । कबीर खानको निर्देशनमा तयार हुन लागेको यस चलचित्रमा उनले ‘बजरंगी भाईजान’को सानो भूमिका निभाउने बताइएको छ ।


अफगानिस्तानमा बस्दै आएका नजीम अब दिल्लीमा बस्दै आएका छन् र मोडलिङ र अभिनयमा करिअर बनाउने सोचमा अगाडि बढेका छन् । ‘बजरंगी भाईजान’ चलचित्र उनको पहिलो चलचित्र हो र उनी सलमानसँग बलिउडमा डेव्यु गर्न लाग्दैछन्, जसका कारण उनी निकै उत्साहित पनि छन् ।


नजिम खानले आफू सलमान खान जस्तो देखिने गरेको भनेर साथीभाई र आफन्तजनले भनेको बताउँछन् । १६ वर्षको उमेरमा जिम गरेर आफ्नो शरिर बनाएका उनलाई त्यसपछी साथीहरुले सलमान खान जस्तै देखिएको बताएको उनको भनाई छ । साथी तथा आफन्तले यति भनेपछि आफूले ऐनामा आफ्नो अनुहार हेर्न थालेको र सलमान खान जस्तै देखिनका लागि आफ्नो स्टाइल परिवर्तन गर्ने सोच बनाएको बताए । उनले सलमानको जस्तै कपाल काट्ने र कपडा लगाएर ऐनामा बेला-बेलामा हेर्दा आफै दंग परेको अनुभव उनले भारतीय एक सञ्चारमाध्यमलाई सुनाएका छन् ।


Share this post :

Post a Comment

 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. eSanchar - All Rights Reserved
Contents Collected & Published by eSanchar
Proudly powered by Blogger