Headlines News :
Home » , , » नेपाली युवाहरुलाई सेक्स गर्न आउदैन त्यसैले यिनीहरुलाई सेक्स एजुकेशनको आवश्यकता छः नायिका सुरविना

नेपाली युवाहरुलाई सेक्स गर्न आउदैन त्यसैले यिनीहरुलाई सेक्स एजुकेशनको आवश्यकता छः नायिका सुरविना

Written By ADMIN on Sunday, November 23, 2014 | 4:56 AM


नेपाली चलचित्र क्षेत्रकी सेक्सी नायिका सुरविना कार्की हिन्दी फिल्मको सुटिङमा सिलगुढीमा छिन । सुटिङमा व्यस्त नायिका कार्कीसंग नेपालपाटी डट कमले गरेको कुराकानीः


हिजोआज के मा व्यस्त हुनुहुन्छ ?

हिन्दी मुभी माई टियर्स को सुटिङमा इन्डियामा ब्यस्त छु ।

भनेपछि अब नेपाली मुभीबाट हिन्दी मुभीमा पुग्नुभयो ?

हजुर । हिन्दी मुभीमा डेब्यू गर्दैछु । तर नेपाली मुभी पनि गर्छु । १० दिनमा काठमाठौँ आउँदैछु ।

कसको मुभीबाट हिन्दी फिल्ममा डेब्यु गर्दै हुनुहुन्छ ?

सिलगुढीमा बस्ने नेपाली दाजुको फिल्मबाट ।  मोहन कोइरालाको प्रोडक्सनमा बन्न लागेको छ ।  निर्देशक कुमार केसी हुनुहुन्छ भने हिरो निक सिंह । सिलगुढीबाट पहिलो हिन्दी मुभी हो । अनि निक सिंह मुम्वईको व्यवसायिक मोडल ।

हिन्दी र नेपाली मुभीमा खेल्दा के फरक पाउनुभयो ?

साखै फरक त छैन । तर कम गर्ने तरिका चाँही फरक छ । म आफैलाई पनि डाइलगहरु क्लियर बोल्न गाह्रो भइरहेको छ । हिन्दीमा सवै फाइन छ । कलाकारले पाउने सव फ्यासिलिटीहरु दिनुभएको छ ।

अहिलेसम्म तपाईले कति वटा नेपाली मुभी गर्नुभयो ?

चार वटा भयो । हिन्दी समेत ५ वटा हुन्छ ।

तपाई भारतमा हुनुहुन्छ नेपालमा नाइकेको खुव चर्चा छ, तपाई प्रचारमा लाग्नुपर्दैन ?

बिजी भएर टाइम मिलाउन सकिरहेको छैन ।  तर १० दिनमा नेपाल फर्केपछि सवै समय नाइकेको प्रमोशनलाई दिन्छु । नाइके एकदमै राम्रो बनेको छ ।

नाइके फिल्ममा हेर्नैपर्ने के छ त्यस्तो विशेष कुरा ?

पहिलो त पूरा टिम खटिएको छ । लभर ब्वाईको रुपमा आर्यन दाइ जम्नुभएको छ । उहाँ रिस र एक्सनमा आउँदैहुनुहुन्छ । यो ग्याङस्टार मुभीको द्धन्द्धमा नाइके छ ।  दर्शकले हाम्रो मुभीमा एउटा मनोरञ्जनको प्याकेज पाउनुहुनेछ । फास्ट कट मुभी हो ।  एक्सन, कमेडी र लभलाई विषयबस्तु बनाइएको छ । सोझी केटीलाई गुण्डा मन पर्दैन ।  त्यही गुण्डासंगको लभको कथा हो नाइके ।

तपाईलाई सेक्सी नायिका भन्छन, तपाईको कुन अंग सेक्सी लाग्छ ?

अचम्म लाग्छ अरुले सेक्सी भनेकोमा । अनि आफै ऐनामा हेर्छु तब आफ्नो सव शरीर नै सेक्सी लाग्छ । अनि लजाउँछु आफै ।

त्यसमा पनि विशेष होला नि ?

आखा र लिप्स ।

तपाईलाई सेक्सी लाग्ने नेपाली हिरो ?

त्यस्तो सेक्सी लाग्दैन । तर जीवन लुइटेल, अनमोल केसी, सौगात मल्लसंग काम गर्न चाहन्छु ।

प्रेम प्रस्ताव कति आउँछन ?

साच्चै भन्दा मलाई प्रेम प्रस्ताव नै आउँदैन । आजसम्म मलाई कसैले पनि प्रस्ताव गरेको छैन ।

तपाईले चाँही पठाउनुभयो कि ?

हँ, कक्षा १० मा पढ्दा पठाएको थिएँ । तर अहिले बुझेर साइड लगाइदिएँ । यो समय काम गर्ने हो क्यारियरमा फोकस गर्नुपर्छ लभ गर्ने होइन, त्यसैले म अहिले सिंगल छु ।

सेक्स बारे तपाईको धारणा ?

सेक्सको बारेमा मलाई त्यति ज्ञान छैन । तर आजको युवाहरुलाई सेक्स एजुकेशनको आवश्यकता छ । सेक्सको बारेमा जति खुलेर कुरा गर्यो त्यति नै मान्छेहरु सचेत हुन्छन ।

तपाई चाँही कतिको खुल्नुहुन्छ ?

खुलेर कुरा गर्छु साथीहरुसंग ।

सेक्स अनुभव लिनु भएको छ कि छैन ?

छैन । म अहिले सेक्सको लागि मानसिक र शारिरीक रुपमा तयार भएको छैन । सम्पूर्ण ध्यान करियर बनाउनै छ ।

उमेर घर्कन लाग्यो जस्तो लाग्दैन अव ?

ओ माई गड, म भर्खर २१ वर्षकी भएँ । कसरी उमेर घर्कन्छ ।

अन्तिममा केही भन्नु छ ?

सम्पूर्ण दर्शकहरुलाई एकपटक नाइके हेरिदिनुहुन अनुरोध गर्दछु । तपाईको सल्लाह, सुझाव र प्रतिक्रियाको प्रतीक्षामा रहने छु । धन्यवाद चुप्पा ।

Share this post :

Post a Comment

 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. eSanchar - All Rights Reserved
Contents Collected & Published by eSanchar
Proudly powered by Blogger