Headlines News :
Home » , , , » अन्तत: वैबाहिक बन्धनमा बाँधिएरै छोडे तितो सत्यका दिपक र दिपा

अन्तत: वैबाहिक बन्धनमा बाँधिएरै छोडे तितो सत्यका दिपक र दिपा

Written By ADMIN on Monday, November 17, 2014 | 7:20 AM


काठमाण्डौ ।  सानो पर्दाको टेलिसृखला तितोसत्य हेर्ने लाखौँ दर्शकको एउटै प्रश्न हुने गर्छ, के दिपा र दिपक साँच्चिकै श्रीमान श्रीमती हुन् ? हरेक हप्ताको बिहिबार प्रसारण हुने यो हास्यव्यग्य टेलिसृखलामा उनीहरुले आमदर्शकलाई यही प्रश्नले काउकुती लगाउँदै बषैाँ बिताए । तर अहिले सम्म खुलेर दर्शकलाई आफ्नो सम्बन्धका बारेमा नखुलाएका दिपक र दिपाको जोडी अन्नत दर्शकको कौतुहुलतालाई चिर्दै बैबाहिक बन्धनमा बाँधिएको छ ।


आज काठमाडौँको थलीमा सुटुक्क बिवाह गरेका दिपक र दिपाले तितोसत्यकै चर्चित कलाकार निर्मल शर्मा गैँडा र चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियालाई आफ्नो बिहेको साक्षी राखेका छन् । जसलाई निर्देशक निर्मल शर्मा गैँडाले क्यामेरामा कैद गरेका छन् । उनले मिडीया एनपीलाई जानकारी दिँदै भने दिपक र दिपाले तितो सत्यमा जस्तै विबाह गर्नुभएको हो । उनले अझ रहस्य खोल्दै भने नेपालमा पहिलो पटक भित्रीएको फोर्ड गाडीको विज्ञापनमा उहाँहरु दुलाहा दुलहीको भेषमा देखिनुभएको हो तर रियल लाइफमा भने होइन ।

दिपक र दिपालाई दुलाहा दुलही बनेर खेलेको प्रचारको निर्देशन पनि निर्मल शर्मा गैँडाले नै गरेका छन् । सोमबार दिनभर जसो नै लगाएर छायांकन गरिएको विज्ञापन करिब ४५ सेकेण्डको हुने निर्देशक शर्माले बताए । विज्ञापनमा शान्तिप्रिया दुलही दीपाका बुबाको रुपमा देखिएका छन् । विज्ञापन केही दिनमा नै टेलिभीजनमा देख्न पाइने निर्देशक शर्माले बताए ।

Share this post :

Post a Comment

 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. eSanchar - All Rights Reserved
Contents Collected & Published by eSanchar
Proudly powered by Blogger