Headlines News :
Home » , , » युवतीले देखेजति सबैसँग कण्डम माग्दै हिँडेपछि… (भिडियोसहित)

युवतीले देखेजति सबैसँग कण्डम माग्दै हिँडेपछि… (भिडियोसहित)

Written By ADMIN on Friday, November 14, 2014 | 6:15 AM


नेपालमा अहिले पनि सेक्ससँग सम्बन्धित कुरा खोलेर गर्न मानिसहरु हिच्किचाउँछन् । पढेलेखेका मानिसहरु भने केहि हदसम्म आफ्नो सेक्स लाइफको बारेमा मिल्ने साथीहरुसँग आफ्नो समस्या बाँड्ने गर्दछन् तर त्यो पनि सिमित मात्रामा । पुरुषका जमात भने सेक्सकेन्द्रित भएर साथीहरुमाझ ठट्यौली गर्न पछि पर्दैनन् । तर यहि युवाजमातमाझ कोही युवती आएर कण्डम मागेको खण्डमा उनीहरुको प्रतिक्रिया कस्तो होला ? यस्तो भएको खण्डमा ती युवाजमातलाई अचम्म त पक्कै लाग्ला । यसका साथसाथै उनीहरुले ती महिलालाई नकारात्मक दृष्टिकोणले हेर्ने पछि पर्दैनन् । भारतमा एउटा यस्तै घटना भएको छ ।

 सार्वजनिक स्थलमा हिँडिरहेकी मानिसहरुसँग एक जवान युवतीले निःसन्देह ‘कण्डम कहाँ पाइन्छ’ भनेर सोध्दा थुप्रै मानिसहरुको थुप्रै प्रकारको प्रतिक्रिया तल दिइएको भिडियोमा हेर्न सकिनेछ । सुरुमा पुरुषहरुलाई मात्र कण्डमको बारेमा सोधेकी ती महिलाले पछि महिलालाई पनि यसको बारेमा सोधेकी थिइन् । महिलाको तुलनामा पुरुषहरुले उनको प्रश्नको उत्तर दिएका थिए । कति मानिसहरुले भने उनको प्रश्नको जवाफ नै नदिई भागेका थिए भने कतिले भने उनलाई नजिकैको औषधि पसलको ठेगाना बताइदिएका थिए । कसैले भने पान पसलमा पनि कण्डमा पाइने जानकारी उनलाई दिएका थिए । 

यस्तै प्रश्न गर्दै जाँदा एक युवाले त आफ्नै खल्तीबाट कण्डमा झिकेर उनको हातमा थमाइदिएका थिए । यति भनिरहँदा पाठक मित्रहरुले पनि ती महिलाको नियतमा खोट लगाइसक्नुभएको छ होला । तर वास्तवमा उनले कण्डमा प्रयोगबारे जनचेतना जगाउन यस्तो कदम उठाएकी थिइन् । आम मानिसमा कण्डमा किन्ने बानी बसोस् र असुरक्षित यौन सम्पर्कबाट बचाउने उद्देश्यले उनले यस्तो गरेको जानकारी दिएकी छिन् ।
हेरौँ भिडियो (एजेन्सी)


Share this post :

Post a Comment

 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. eSanchar - All Rights Reserved
Contents Collected & Published by eSanchar
Proudly powered by Blogger