
गोठमा ती बालिका, ३ वर्षीय भाइ, ६ वर्षका दाजु र आमासँगै बस्थे। दिउसो आमा घाँस काट्न गएका बेला पाण्डौन १ नै घर भएका १७ वर्षीय अम्मरबहादुर गुरुङले बालिकालाई भुइँमा लडाएर बलात्कार गरेका हुन्। एक्कासि पीडा भएपछि चिच्याई,’ बालिकाले बुवाले भने, ‘घाँस काटेर फर्किरहेका बेला नजिकै रहेकी उसकी आमाले चिच्याएको सुनेर आउँदा छोरीलाई रगताम्ये देखी।’
उनका अनुसार आमा आइपुग्दा छोरीको घुँडासम्म रगत बगिरहेको थियो। अभियुक्त युवक लुगा मिलाइरहेको अवस्थामा भेटिएको थियो। रगताम्ये छोरीलाई समातेर उनकी आमा खिमडी प्रहरी चौकीमा लगिन्। शुक्रबार दिउसो २ बजेतिर यो घटना भएको थियो। राति अबेरसम्म छोरीको शरीरबाट रगत बगिरहेको बुबाले बताए। आफू बलात्कृत भएकोसमेत थाहा पाउने उमेर नभएकी ती बालिकाले ‘आफूमाथि यसो यसो भयो’ भनेर पुरै बेलिबिस्तार लाउने गरेको उनका बुबाले बताए।
‘यस्ती अबोध मेरो छोरीलाई बलात्कार गर्नेलाई कडाभन्दा कडा कारबाही गरिनुपर्छ,’ नाबालिका छोरी बलात्कृत भएको पीडाले उदास देखिएका उनले भने, ‘यस्तो अवस्था अरु कुनै बालिकाले भोग्नु नपरोस्।’ पीडित बालिकाको उपचारमा संलग्न सेती अञ्चल अस्पतालका चिकित्सक रुपेशकान्त मिश्रले बालिकाको यौनांगमा घाउ रहेको र उनी बलात्कृत भएको जनाएका छन्। कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विक्रम चन्दले अभियुक्त युवकलाई प्रहरीले गाउँमै गएर पक्राउ गरिसकेको बताए। ‘उनीमाथि जबर्जस्ती करणी मुद्दा दर्ता गरेर कारबाही गरिने छ
Post a Comment