Headlines News :
Home » » यौन सम्पर्क गर्नु अगाडी निम्न खानेकुरा खानुहुँदैन र पार्टनरलाई नि दिनुहुदैन ?

यौन सम्पर्क गर्नु अगाडी निम्न खानेकुरा खानुहुँदैन र पार्टनरलाई नि दिनुहुदैन ?

Written By ADMIN on Sunday, October 26, 2014 | 6:35 AM


गेडागुडी (बिन्स्)

गेडागुडी फाइबर र प्रोटिनको राम्रो स्रोत हो । तर यसमा एक प्रकारको गुलियो तत्व हुन्छ जुन चाँडै पच्दैन र पेटमा ग्याँस पैदा गर्दछ । ग्याँस भएको पेट लिएर सेक्स गर्न कति उचित होला ? आफै बिचार गर्नुहोस् ।

लसुन

लसुनले खानको स्वाद राम्रो बनाएपनि यसलाई सेक्सअघि सकेसम्म नखाए राम्रो हुन्छ । यसले मुख गनाउनेदेखि लिएर पेटमा ग्याँससमेत पैदा गर्न सक्छ । यसको सेक्सको लागि राम्रो वातावरण बनाउँदैन ।

चिज

चिजको बासना पनि लसुन जस्तै कडा हुन्छ । यसले लामो समयसम्म तपाईंको मुख गनाउने हुन्छ । यसले तपाईंको पार्टनरको मुड बिगार्दिन सक्छ । त्यसैले सेक्सअघि चिज पनि नखाए बेस हुन्छ ।

रातो मासु

मासुभन्ने बित्तिकै हामी मध्ये धेरैको मुखमा पानी आउँछ । यो आफ्नो दिन अन्त्य गर्ने सबैभन्दा उत्तम तरिका पनि हुनसक्छ । तर रातो मासु पच्नलाई निकै समय लाग्छ । यसले तपाईंलाई अल्छी र सुताहा बनाउन सक्छ । त्यसैले यसले सेक्सको दौरान तपाईंको प्रस्तुतीमा नकारात्मक असर पुग्न सक्छ ।


Share this post :

Post a Comment

 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. eSanchar - All Rights Reserved
Contents Collected & Published by eSanchar
Proudly powered by Blogger