Headlines News :
Home » , , » फिल्ममा खेल्न सेक्स गर्नुपर्ने अफर आएको थियो : नायिका शिल्पा पोखरेल

फिल्ममा खेल्न सेक्स गर्नुपर्ने अफर आएको थियो : नायिका शिल्पा पोखरेल

Written By ADMIN on Monday, October 20, 2014 | 7:57 AM


काठमाण्डाै – पछिल्लो समय फिल्म उद्योगमा राम्रो सम्भावना बोकेकी हिरोइनको रुपमा हेरिएकि नायिका शिल्पा पोखरेलले एक सनसनीपुर्ण खुलासा गरेकि छिन । एक अनलाइन मिडियासँगको कुराकानीमा उनले आफुलाई ‘गिभ एण्ड टेक’को अफर आएको खुलाएकि हुन् ।


अर्थात उनलाई फिल्ममा खेल्नको लागी कसैसँग सेक्स गर्नुपर्ने अफर आएको थियो । लगभग १३५ म्युजिक भिडियोमा अभिनय गरिसकेकी यी सुन्दर अभिनेत्रीले यस्तो अफर आउदा आफु छाँगाबाट खसेजस्तै भएको बताएकी छिन । 

त्यसपछि फिल्म नै नगर्ने अठोट लिएको उनले बताइन । यस्तो अफर आउदा शिल्पाले २० वटा जति म्युजिक भिडियो खेलिसकेकी थिइन । फिल्मप्रति बितृष्ण जागे पनि अन्तत नवल नेपाल र छविराज ओझाबाट प्रभावित भएको उनले फिल्म ‘लज्जा’मा काम गरिन ।

छविराजसँग उनको भेट चाहि मोडल तथा कोरियोग्राफर शंकर बिसीले गराइदिएका हुन । बताएअनुसार ‘लज्जा’मा काम गराउनका लागी पनि छविराज र नवल ले निकै कन्भिन्स गराउनुपरेको थियो शिल्पालाई ।

उक्त फिल्ममा काम गरिसकेपछि नवल र छविजस्ता राम्रा मान्छे पनि फिल्म क्षेत्रमा रहेछन भन्ने लागेको थियो शिल्पालाई । एक फरक प्रसंगमा उनले नचाहिने हल्लाहरु धेरै भएको बताइन । बुवा समानको ब्यक्तिसँग आफ्नो नाम जोडेर गलत प्रचार भइदिदा आफु रोएको उनले सुनाइन । छविकै दोस्रो प्रोजेक्ट ‘हवल्दार सुन्तली’मा काम गरिसकेका शिल्पा तीन बर्षअघि बिराटनगरबाट राजधानी आएकी थिइन ।

उनी अभिनित पहिलो फिल्म ‘लज्जा’ यहि कातिक ७ गते रिलिज हुदैछ ।


Share this post :

Post a Comment

 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. eSanchar - All Rights Reserved
Contents Collected & Published by eSanchar
Proudly powered by Blogger