Headlines News :
Home » » पूर्वयुवराज पारस साह बैंककमा फेरि पक्राऊ (तस्वीरसहित) तस्वीरमा यस्तो देखियो पारसको गँजडी रुप

पूर्वयुवराज पारस साह बैंककमा फेरि पक्राऊ (तस्वीरसहित) तस्वीरमा यस्तो देखियो पारसको गँजडी रुप

Written By ADMIN on Friday, October 10, 2014 | 7:08 PM


 २४ असोज काठमाडौं । अवैध लागूऔषध कारोबारमा पटक-पटक समातिँदै आएका पूर्वयुवराज पारस शाह बुधबार दिउँसो फेरि बैंककमा पक्राउ परेका छन् । पक्राऊपछि थाई प्रहरीले उनलाई अपराधीका रुपमा हत्कडी लगाएर सार्वजनिकसमेत गरेको छ ।
  

हत्कडी लगाइएका पारसको अनुहार केही कालो र गँजडीकोजस्तै बिद्रूप देखिएको छ । पाङ्ग्रे टीसर्टमा देखिएका पारसलाई उनकै कार अगाडि हत्कडीसहित उभ्याएर प्रहरीले बरामद गरिएको लागू पदार्थ सार्वजनिक गरेको छ । त्यसपछि उनलाई पुलिस स्टेसनमा सार्वजनिक गरिएको छ ।


साह बुधबार दिउँसो १ बजे पक्राउ परेको थाई भाषाको पत्रिका ‘खाई न्युज’ले जनाएको छ । सो पत्रिकाका अनुसार पारसका साथबाट प्रहरीले सेतो नम्बर प्लेटको बीएम डब्ल्यु कार र त्यसमा राखिएको लागू पदार्थ बरामद गरेको हो । पारसका साथबाट पार्सलका लागि प्याकिङ गर्ने साइजमा ५.८ ग्राम परिणामका गाँजाका पोका बरामद गरिएको त्यहाँको प्रहरीले जनाएको छ । त्यस्तै लागू पदार्थ प्रयोग गरिएको हरियो रंगको प्लाष्टिक ट्युव र थप दुईवटा त्यस्तै प्लाष्टिकका ट्युव प्रहरीले बरामद गरेको जनाइएको छ ।


साहलाई अबैध लागू औषध कारोबारमा मुद्दा अघि बढाएको त्यहाँको प्रहरीलाई उधृत गर्दै समाचारमा उल्लेख गरिएको छ । यसअघि लागू अाैषध काराेबार पटक पटक समाितने गरेका शाह गत फेब्रुअरीमा हृदयाघात भएपछि लामाे समय अचेत बनेर निकाे भएका थिए ।

Share this post :

Post a Comment

 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. eSanchar - All Rights Reserved
Contents Collected & Published by eSanchar
Proudly powered by Blogger