
रक्सीको तालमा अर्धचेत भएपनि उनले सबैकुरा खोलिन् । भनिन् मेरो साथी खै ? म संग बाइकमा आएको त्यो कहाँ गयो ? सँगै नाबालक छोरा पनि ल्याएकी रहिछन् । प्रहरीले सुरुमा आफ्नै श्रीमान् सँग आएको ठानी सोधपुछ बढायो । तर कुरा झन् अर्कैपो निक्लियो । अर्थात् महिलाको श्रीमान मजदुरी गर्न बिदेश गएका रहेछन् । तर होटलवाल्नी साहुनिकै भनाइमा नियमीत आउने परपुरुषसँग आएकी यि महिलाले अत्यधिक रक्सी खाएपछि मातिइन् र होलटकै भाँडाकुँडा सँगै टेबल नै सडकमा फालिन् ।
सुरुमा मातेर कराएपनि त्यति पर्वाह नभएकोमा पछि सडकमा सामान फाल्दै तथानाम बोल्न थालेपछि भने एउटा रमितानै देखियो । स्थानिय टोलका सयौं ब्यक्ति भेला भएपछि पुलिसलाई समेत लोग्ने बिदेशमा हुँदा परपुरुषसँग रक्सीले मातिएर रमिते बनेकी यि महिलालाई लैजान झण्डै आधाघण्टा लाग्यो । बिचरा ति पुरुष जो बिदेशमा यिनी र सन्तानको लागि पसिना बगाइरहेकाछन् तर हेर यिनको चर्तिकला जो परपुरुषसँग नारिएर भट्टीमा रक्सीले मातिन्छिन् अनि सडकमा रमिता देखाउँछिन् ।
Post a Comment