Headlines News :
Home » » रुघा-खोकी तथा नाक, कान, घाँटीको समस्या हुनेहरूका लागि

रुघा-खोकी तथा नाक, कान, घाँटीको समस्या हुनेहरूका लागि

Written By ADMIN on Friday, October 10, 2014 | 7:41 PM


- भान्साघरमा दैनिक उपयोग गरिने बेसार अर्थात् हर्दी केवल स्वाद तथा आकर्षणमा मात्र सीमित छैन, यसले पूरा शरीरको रक्षा गर्छ।

- भनाइ नै छ, सर्दीका लागि हर्दी। दैनिक दूधमा बेसार हालेर खाँदा रुघा-खोकी तथा चिसोले सताउँदैन भने आन्तरिक घाउ पनि ठीक हुन्छ।

- ईएनटी अर्थात् नाक, कान, घाँटीको समस्या हुनेहरूका लागि ज्यादै उपयोगी छ बेसार। परम्परागत रूपमै हामीले यसको प्रयोग गर्दै आएका छौं।

- छातीमा कफ जमेको छ, खोकी लागेको छ भने दुई दाना मरिच, एक चिम्टी बेसार घिउमा मिसाएर बनाइएको लेपले छातीमा हल्का मालिस गर्दा फाइदा हुन्छ।

- पुरानो खोकी (सुख्खा होस वा अन्य) भने हल्दीको टुक्रा चुस्ने। राति पनि हर्दीको टुक्रा मुखमा राखेर खुत्ने।

- बेसारको सेवनले रगत शुद्ध बनाउँछ।

- पिलो तथा घाउमा बेसार लगाउँदा फाइदा हुन्छ।

- बेसार एन्टिबायोटिक पनि हो। आधुनिक चिकित्सा पद्धतिमा दिइने एन्टिबायोटिकले मित्र जीवहरूलाई पनि नष्ट गर्छ, तर बेसारले शत्रु जीवलाई मात्र नष्ट गर्छ।

- संस्कृतमा बेसारलाई 'कृमृघ्ना' भनिन्छ, जसको अर्थ हुन्छ— कीटनाशक।

- सौन्दर्य प्रशाधनमा पनि बेसार प्रयोग हुन्छ। बेसार, चनाको बेसन तथा तोरीको तेल एक साथ प्रयोग गर्ने हो भने अझ राम्रो हुन्छ।

- बेसारमा भएको तैलीय पदार्थ शरीरले सहजै ग्रहण गर्छ र शरीर सुन्दर देखिन्छ।

- जन्डिसमा २-३ ग्राम बेसार मोहीका साथ खाँदा फाइदा पुग्छ।

- बेसारमा मानव शरीरलाई स्वस्थ तथा सुदृढ बनाउन आवश्यक सबै गुण विद्यमान छ।

Share this post :

Post a Comment

 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. eSanchar - All Rights Reserved
Contents Collected & Published by eSanchar
Proudly powered by Blogger