काठमाडौँ, २३ असोज, रेखा थापा अभिनित नयाँ फिल्म 'तथास्तु' को पहिलो गीत सार्वजनिक गरिएको छ । 'कहिले माया स्याड फेस, कहिले माया ब्याड फेस....' बोलको पहिलो गीत सार्वजनिक गरिएको हो । प्रह्लाद तिमिल्सिना र मिलन अमात्यको स्वरमा रहेको गीतमा बसन्त सापकोटाको सङ्गीत रहेको छ । यो गीतको फिचरिङ्ग भने रेखा थापा र किशोर खतिवडाले गरेका छन् । फिल्म 'तथास्तु' मा रेखा थापा, किशोर खतिवडा, सुवास थापालगायतको मुख्य भूमिका रहेको छ । फिल्मको डाइरेक्टर भने शविर श्रेष्ठ रहेका छन् । हेर्नुहोस् फिल्म 'तथास्तु' को यो गीत
Showing posts with label 2014. Show all posts
Showing posts with label 2014. Show all posts
