Headlines News :
Powered by Blogger.
Showing posts with label Result Published. Show all posts
Showing posts with label Result Published. Show all posts

कोरियन भाषा परीक्षा EPS (ई.पी.एस.) २०१४ को नतिजा सार्वजनिक (नतिजासहित)

३६६३ परीक्षार्थीमात्रै उत्तीर्ण

काठमाडौं, असोज २९– कोरिया सरकारले गत असोज १० र ११ गते लिएको इपीएस अन्र्तगत पाचौं कोरिया भाषा परीक्षाको नतिजा सार्वजनिक गरेको  छ । सरकारले आज सार्वजनिक गरेको नतिजा अनुसार ३६६३ परीक्षार्थी उत्तीर्ण भएका छन् । जसअनुसार औद्योगिक क्षेत्रका लागि २७६८ र  कृषि क्षेत्रको लागि ८ सय ९५ जना उत्तीर्ण भएका छन् ।


परीक्षाफल अनुसार उत्तीर्ण भएकामध्ये औद्योगीक उत्पादन क्षेत्रमा ९ प्रतिशत रहेको छ । त्यस्तै कृषिमा ३ दशमलब २ प्रतिशत मात्रै उत्तिर्ण भएका छन् । उत्तिर्ण हुनेमा पुरुष ३४ सय ६३ रहेका छन् भने २ सय महिला रहेका छन् ।

रोजगारका लागि पाँचौँ भाषा परीक्षामा ६२ हजार ५ सय १४ जनाले आवेदन फारम भरेका थिए । तर उत्तीर्ण भने कम भएका हुन् । अघिल्लो वर्ष भाषा परीक्षामा ७ सय १५ महिलासहित ८ हजार ५१ जना उत्तीर्ण भएका थिए ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्
 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. eSanchar - All Rights Reserved
Contents Collected & Published by eSanchar
Proudly powered by Blogger