Headlines News :
Powered by Blogger.
Showing posts with label Information Technology. Show all posts
Showing posts with label Information Technology. Show all posts

सतर्क रहनुहोस्: स्मार्ट फोनबाट खिचिएको नग्न (गोप्य) फोटो डिलिट हुँदैन

स्मार्ट फोनबाट नाङ्गो तथा गोप्य अंगको फोटो खिच्नेहरुको लागि सतर्क रहन बिशेषज्ञहरुले आग्रह गरेका छन् । उनीहरुले भने अनुसार तपाइँले चलाउने जुनसुकै स्मार्टफोनबाट फोटो खिच्दा सचेत रहनुहोस् किनकि उक्त फोटो तपाइँले डीलेट गरे पनि डिलीट हुँदैन ।

एन्ड्रोइडको सुरक्षा माथि रिसर्च गर्ने विशेषज्ञहरुले यस्तो चेतावनी दिएका छन् कि कुनै पनि एन्ड्रोइड फोनबाट नाङ्गो फोटो नाखिच्नुहोस किनकि उक्त फोटो डीलीट गरेपछि पनि त्यो फोटो डिलीट हुँदैन । विशेषज्ञहरुले यसको प्रमाणका लागि कतिपय डीलेट भैसकेका फोटोहरु सार्वजनिक गरि उक्त कुरालाई प्रमाणित गरिदिएका छन् । उनीहरुको अनुसार एन्ड्रोइड फेक्ट्री रीसेट गर्नेवाला फंक्शनले फोटोको कुनैपनि डाटालाई पुरा डिलीट गर्न सक्दैन ।

बिशेषज्ञले देखाइदिए डिलेट भैसकेका ४०,००० नग्न फोटो

पुराना मोबाइल बेच्ने ठाउँबाट किनिएका २० ओटा पुराना मोबाइलबाट यस्तो डाटा फेरी पाइयो कि जसमा ४० हजार भन्दा बढी पहिलेनै डिलिट गरिएका फोटो प्राप्त भयो । जसमा २ सय ५० ओटा फोटोमा उक्त फोनको पुरानो प्रयोगकर्ताले आफ्नो गोप्य अंगको फोटो खिचेका थिए । जसमा २० जना मध्ये ४ जना मालिकको पहिचान समेत भएको थियो ।

स्मार्ट फोनमा फोटो डिलेट गर्दा फोटो हैन, मात्र डायरेक्टरी डिलीट हुन्छ
सफ्टवेयर सुरक्षाको लागि काम गर्ने कंपनी अवास्तका अनुसार स्मार्टफोनमा रहेको कुनै पनि फोटोको डाटालाई पूरा डिलीट गर्नको लागि जुन फैक्टरी रीसेट अप्शन प्रयोग हुन्छ, त्यसमा डाटाको लोकेशन बताउने डायरेक्टरी मात्र डिलेट हुन्छ तर मुख्य फोटो तथा उक्त फोटोको डाटा भने डिलीट हुँदैन त्यसैले उक्त फोटो पछी सम्म सुरक्षित भएर बस्छ । त्यसैले सकेसम्म आफ्नो गोप्य फोटोहरु स्मार्टफोनबाट नखिचेकै राम्रो किनकि कतिपय एप्स बनाउने कम्पनहरुले त्यस्ता डाटाहरु इन्टरनेट मार्फत तानेर तपाइँको फोटोलाई भाइरल बनाइ बदनाम पनि बनाउन सक्छ्न् । -सास/एजेन्सीको सहयोगमा
 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. eSanchar - All Rights Reserved
Contents Collected & Published by eSanchar
Proudly powered by Blogger