Headlines News :
Powered by Blogger.
Showing posts with label Exclusive News. Show all posts
Showing posts with label Exclusive News. Show all posts

दुबईमा आठ हजार नेपाली कलिला युवतीहरु यौन ब्यवसायमा संलग्न

काठमाडौं,पुस २४ – भारतको केन्द्रीय अनुसन्धान व्युरो ( सिबिआई)ले दुबईमा रोजगारीको प्रलोभन देदाएर आठ हजारभन्दा बढी नेपाली महिलालाई देहव्यापारमा लगाइएको दाबी गरेको छ । दलालले उनीहरुलाई भारतको दिल्ली हुँदै दुबई पुर्याएको सिबिआईले जनाएको छ ।

केन्या लैजाने बहानामा उनीहरुलाई दुबईमा लगेर देहव्यापारका लागि बाध्य पारिएको अनुसन्धानमा पुष्टि भएको सिबिआईका एक उच्च अधिकारीले बताएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । ‘उनीहरुलाई केन्या लैजाने भनेर प्रलोभनमा पारिएको ,तर दुबई पुगेपछि अलपत्र पारेर दलालको फन्दामा पुर्याइन्छ’, ती अधिकारीले भारतीय दैनिक टाइम्स अफ इन्डियासँग भनेका छन्,‘एक वर्षको अनुसन्धानले उनीहरुलाई दुबईमै राखेर देह व्यापारमा लगाइएको पुष्टि भएको छ ।’

सन् २०१४ मा ब्युरोले अनुसन्धानका लागि एयर इन्डिया, कतार एयरवेज,अध्यागमन ब्युरो,विदेशी नागरिक दर्ता कार्यालय र १५ वटा ट्राभल एजेन्सीमार्फत सूचना संकलन गरेको भारतको सिलिगुढीबाट प्रकाशित हिमालय दर्पणले बुधबारको अंकमा लेखेको आजको नयाँ पत्रिकामा खबर छ ।

ज्योतिषको भविष्यवाणिः जेठमा रक्तपात हुन्छ, राजतन्त्र फर्किन्छ

आफूलाई मोर्डन ज्योतिष बताउने चितवनका युवा जादुगर-ज्योतिष एलेक्स सुबेदीले नेपालमा राजतन्त्र फर्किने भविष्यवाणि गरेका छन् । उनले नेपालमा माघ ८ मा संविधान नबन्ने, जेठ असार महिनामा रक्तपात हुने र राजतन्त्र फर्किने भविष्यवाणि गरेका हुन् ।


उनका अनुसार माघ ८ गते चन्द्रमा मकर राशिमा रहने हुँदा चन्द्रमा कमजोर रहने छ र चन्द्रमा कमजोर भएकाले संबिधान बन्ने योग खराब छ । संविधानमा विज्ञहरूको सहभागिता र सल्लाह नभएको हुँदा जारी हुने सम्भावना समेत नभएको उनको दावी छ ।

जादुगर-ज्योतिष एलेक्स सुबेदी

त्यसैगरी उनी भन्छन् 'मंगल, चन्द्र र शुक्र ग्रह सँगै बसेको दिन पर्छ। सूर्य र बुध पनि मकर (शत्रु राशि) मा पर्ने भएकाले संविधान जारी हुने मिति सर्छ। संविधान बने पनि लागू हुँदैन। जबरजस्ती लागू गरिहालेमा संविधान लेखिरहेका र नेतृत्व गर्ने नेता हठ वा जिद्दी खालको भएमात्र जारी हुने देखिन्छ या छिमेकी देशले दबाब दिएमात्र सम्भव हुने देखिन्छ।' 

उनका अनुसार देशमा संविधान जारी भए जेठ-असारमा रक्तपात हुने सम्भावना रहेको र सबै कुराहरुलाई मध्यनजर गर्दा नेपालमा राजा जसरी पनि फर्किनेछ । - NepaliHeadlines

भारतीय कोठीमा नेपालका कलिला किशोरीहरु यस्तो अबस्थामा (X-clusive Video)

सनसनी पूर्ण खबर- नेपाल सरकारलाई ४८ घण्टा भित्र ६ जना पाकिस्तानी छोड्न चेतावनी (भिडियो हेर्नुहोस)

 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. eSanchar - All Rights Reserved
Contents Collected & Published by eSanchar
Proudly powered by Blogger