Headlines News :
Powered by Blogger.
Showing posts with label Deeya Maskey. Show all posts
Showing posts with label Deeya Maskey. Show all posts

पहिलो सेक्सको अनुभव आफ्नै गुरुसँग लिए दीया मास्केले भनिन्

काठमाडौं । दीया मास्के पहिले राम्रो नर्तकीका रुपमा परिचित थिइन् । तर एक दशकअघि उनी स्वर्गीय आलोक नेम्वाङको क्याम्पमा छिरेदेखि अभिनेत्रीका रुपमा समेत चिनिन थालिन् । त्यसक्रममा उनले दर्जनौं म्यूजिक भिडियोहरुमा अभिनय गरिन् । त्यतिले मात्र दीयाको चित्त बुझेन,त्यसैले उनी चलचित्र र नाटककमा पनि जम्न थालिन् । नाटकमा उनलाई ल्याउँने उनका गुरु थिए अनुप बराल । अहिले उनै अनुप बरालसँग सुखद वैवाहिक जीवन विताइरहेकी दीयाले हालै एक राष्ट्रिय दैनिक पत्रिकाका लागि सेक्स,माया र विवाहका बारे आफ्नो अनुभूति बाँडेकी छिन् । प्रस्तुत छ दीयाको सोही अनुभूति :


लामो समयदेखि अनुप सरसँग काम गरिरहेकी थिएँ । उहाँ र ममा शिक्षक र बिद्यार्थीको सम्बन्ध थियो । जबसम्म सिक्ने र सिकाउने चीज रहन्छ तबसम्म सम्बन्ध टिकिरहन्छ । माया त हरेक सम्बन्धमा हुन्छ नै । म उहाँलाई त्यत्तिकै सम्मान पनि गर्छु ।कामको सिलसिलामा सँगै हुन्थ्यौ, त्यसैले माया बढदै गयो । विवाह गर्ने निर्णयमा पुग्यौं । विवाहपछि पोखरा गायौँ । हाम्रो घर नै पोखरा भएकाले त्यसलाई हनिमुन भन्न मिलेन । हामी हनिमुन गएनौं पनि । पोखरामा हुँदा घरबाहिर घुम्न निस्कियौं । हामी हात समाएर,अँगालो हालेर कहिल्यै हिँडेका छैनौ ।

बिवाहको समयमा पनि मलाई त अभिनय गरिरहेको जस्तो भयो । हाँसो उठिरहेको थियो । जग्गेमा पनि खित्खित् हाँसिरहेकी थिएँ । अनुप सर बेहुला भएर आएको देख्दा चाहि अलि लाज लाग्यो । उहाँसंग लामो समयदेखि सँगै भएकाले असहज अनुभव चाहिं भएन । शारीरिक सम्बन्धले माया झन गहिरो हुदै गयो । यो सम्बन्ध महत्वपूर्ण कुरा हो तर सबै थोक चाहि होईन । 

यस्तो सम्बन्धले म पूर्ण रुपमा यही ब्यक्तिको भएँ भन्ने अनुभव पनि गराउँदो रहेछ । अब केहि बाँकी छैन, नितान्त उसको भएँ भन्ने लाग्दो रहेछ । सुरुमा मनमा भएका कतिपय कुरा भन्न सजिलो बनाई दियो ।१० वर्ष अगाडि अनुप सरलाई चिनेकाले उहाँको बानी ब्यबहार मलाई राम्रोसँग थाहा छ । हामीले एकअर्कालाई कहिल्यै प्रेम प्रस्ताव राखेनौँ । उहाँको बानीले गर्दा नै म यो मान्छेसँग जीवन बिताउन सक्छुजस्तो लाग्यो । मलाई सम्हाल्न सक्ने पुरुष उहाँ नै हो भन्ने लाग्यो । उहाँसँग मलाई डर भन्दा बढी विश्वास थियो ।

अनुप सर म भन्दा धेरै सिनियर भएकाले मलाई कुनै कुराको अप्ठ्यारो महसुस चाहिँ भएन । कुनै असमझदारी छैन । हामी प्राय कामकै विषयमा बढी गफ गछौँ । एउटै क्षेत्रमा काम गर्ने भएकाले प्राय सँगै हुन्छौ । त्यसैलाई निजी समयको रुपमा लिन्छांै । अहिलेसम्म काम छाडेर घुम्न जाने समय बिताउने गरकै छैन ।
 
Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. eSanchar - All Rights Reserved
Contents Collected & Published by eSanchar
Proudly powered by Blogger